जोमसोम—हिमाली जिल्ला मुस्ताङका पालिका तथा विद्यालयलाई बालबालिका लक्षित सुरक्षा सन्र्दभ सामाग्री पुस्तक हस्तान्तरण गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङद्धारा जिल्ला प्रशासन कार्यालयको हातामा बुधबार आयोजित कार्यक्रममा जिल्लाका ५ वटै स्थानीय तहका विद्यालय प्रतिनिधिहरुलाई सुरक्षा सन्दर्भ सामाग्री पुस्तक हस्तान्तरण गरिएको हो ।
विद्यालय क्षेत्र तथा सार्वजनिक स्थानमा बालबालिकामा हुँनसक्ने सुरक्षा चुनौती अन्तर्गत साईबर अपराध तथा अन्य हिंसा, सामाजिक अपराध,बालयौन दुराचार,बालहिंसा,बिकृति बिसङ्गती , सामाजिक हिंसाका साथै अन्य विपद् जोखिमबाट बालबालिका लक्षित विभिन्न सचेतना अभिवृद्धिमूलक सन्र्दभ सामाग्री समेटिएको सुरक्षा सन्र्दभ सामाग्री पुस्तक प्रहरी प्रधान कार्यालयले तयार गरेको हो ।प्रहरी प्रधान कार्यालयले सम्वन्धित जिल्ला प्रहरी कार्यालय मार्फत ७७ जिल्लाहरुमा यसप्रकारको पुस्तक पठाई सकेको छ । । पुस्तकमा २४ वटा बिषयमा बालबालिकालाई सचेतना अभिवृद्धि गर्नका लागि तयार गरिएको जनाईएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा जिसस, शिक्षा विकास तथा समन्वय ईकाई, जिल्लाका ५ वटै स्थानीय तहका जनप्रतिधि ,प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरु र पत्रकार लगायतको उपस्थितीमा कार्यक्रम गरिएको थियो । स्थानीय तहले आफैले सामुदायिक विद्यालयहरुको पाठ्यपुस्तक निर्माण गर्ने अधिकार संविधानले उपलब्ध गराईएकाले प्रहरी प्रधान कार्यालयले तयार गरेको बालबालिका लक्षित बढ्दो सुरक्षा संवेदनशीलता तथा अपराध न्यूनिकरण सम्वन्धि पुस्तिकालाई कुनै न कुनै रुपमा समेट्दै बालबालिकामा हुने सबै खाले हिंसा,अपराध,बिकृति बिसङ्ती न्यूनिकरण तथा सामाजिक न्यायको साक्षरता अभिवृद्धि गर्ने प्रहरी प्रधान कार्यालय उद्देश्य छ । बालिकालाई लक्षित गरी निर्माण गरिएको पुस्तकले विद्यालय तहमा बालबालिकाहरुमा हुँने जोखिम न्यूनिकरणमा उपलब्धिमूलक हुँने विश्वास गरिएको छ ।
जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आईतेलाल थकाली,प्रजिअ जनकराज पन्त र प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले संयुक्त रुपमा जिल्लाका पालिका प्रतिनिधि र विद्यालय प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका जनप्रतिनिधि एवं शिक्षक प्रतिनिधिले आ—आफ्ना धारण राखेका थिए । उनीहरुले प्रहरी प्रधान कार्यालयले तयार पारेको पुस्तकलाई पाठ्यक्रममा रुपमा समेट्ने लिखित प्रतिवद्धता समेत जनाएका छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा स्थानीय तह—प्रहरी—विद्यालय समझादारी पत्रमा जिल्लाका ५ वटै पालिकाका जनप्रतिनिधि एवं शिक्षक प्रतिनिधिले लिखित प्रतिवद्धता जनाएका हुन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख आईतेलाल थकालीले प्रहरीद्धारा वितरण गरिएको पुस्तकलाई विद्यालय तहमा सन्र्दभ सामाग्रीको रुपमा पठन÷पाठन गर्नुपर्ने बताए । उपप्रमुख थकालीले समेय सापेक्षिक समय अनुकुल मिलाएर विद्यालय तहमा प्रहरी शिक्षामुलक पुस्तकलाई शिक्षण सिकाईको रुपमा अवलम्वन गर्नुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रहरीद्धारा तयार पारिएको पुस्तक बालबालिकाको भविष्यसंग जोडिएकाले यस्ता पुस्तकको शिकाई अभ्यासले बालबालिकाहरु हुँने सुरक्षा संवेदनशीलतालाई न्यूनिकरण गर्ने दावी गरे ।घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले पुस्तकले बालबालिकाको सुरक्षा चुनौतीका बिषयमा महत्वपूर्ण सचेतना अभिवृद्धि गर्ने बताए । उनले प्रहरीले तयार पारेको पुस्तकमा समेटिएका बिषयलाई पाठ्यपुस्तकमा समेट्ने प्रतिवद्धता जनाए ।
प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले बालबालिका लक्षित सुरक्षा संम्वेदनशीलतासंग जोडिएको महत्वपूर्ण विषयलाई विद्यालय तहमा अध्यापन गराईनु पर्ने बताए । उनले प्रहरीले यस संम्वन्धि पठन—पाठन तथा शिकाई अभिवृद्धि गर्न निरन्तर सहकार्य गर्ने जनाए ।
२९ फाल्गुण २०८०, बुधबार ०६:२२ मा प्रकाशित
570
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता