जोमसोम— मुस्ताङका योगेन्द्र शेरचन थासाङ गाउँपालिका—३ लेते निवासी हुन् । उनी अहिले व्यवसायका क्रममा पोखरामा बस्छन् । उनी आफ्नो व्यक्तिगत व्यवसायका साथै आर्चरी खेलतर्फ पनि निकै अघि बढिरहेका छन् ।
धनुषवाण अर्थात आर्चरी खेल विधामा राम्रो प्रगती हासिल गर्न सफल योगेन्द्र मुस्ताङमा बसेनि आयोजना हुने थाक खेलकुद तथा च्याम्पियनसीपको उत्पादन हुन् । निर्मल स्पोर्टिङ क्लव लेतेबाट आर्चरी खेल्ने गरेका योगेन्द्र थाक खेलकुद तथा सांस्कृतिक विकास संघको शान हुन् ।
२०२७ सालमा स्वः छत्रबहादुर थकालीको पालादेखि सुरु भएको थाक खेलकुद (टुनामेन्ट)अहिले ५१ संस्करणमा प्रवेश गर्दैछ । जिल्लाको आन्तरिक खेलकुदको विकास तथा मुस्ताङको धर्मसस्कृतिको संरक्षण,संम्वद्धन तथा प्रर्वद्धन गर्ने उद्देश्यले स्थापना भएको थाक खेलकुद तथा सांस्कृतिक विकासले मुस्ताङमा बर्सेनि थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गर्दैआईरहेको छ । ५० औं संस्करण पुरा गरिसकेको मुस्ताङको गौरवमय मुस्ताङ थाक खेलकुद तथा सास्कृतिक कार्यक्रम अन्र्तगत संघले राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न नसकेको कतिपयको आरोप छ ।
तर ,जिल्लाको सीमित श्रोत साधन र आर्थिक रकम जुटाएर संञ्चालन हुने गरेको मुस्ताङ थाक खेलकुदले योगेन्द्रलाई माथि उठायो । आर्चरी खेल प्रतियोगितामा निर्मल स्पोर्टिङ क्लवलाई पटक÷पटक शिल्ड र मेडल जिताउन सफल योगेन्द्रको आर्चरी खेल जिवनले अझै विश्राम लिएको छैन । उनी अहिले पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिने गरेका छन् ।
योगेन्द आर्चरीतर्फ मुस्ताङ गर्व गर्न लायक खेलाडीको रुपमा परिचित छन् । सन् २०२२ मा १९ औं एशियन गेम खेल्न चिनको हांग्जो सहरमा गएका थिए । उनी सन् २०१९ मा पोखरामा आयोजित १३ औं साउथ एशियन गेम सहभागी हुँदै आर्चरीतर्फ काँस्य पदक जिते ।
सन् २००६ मा बंगलादेशको राजधानी ढाकामा आयोजना भएको प्रथम साउथ एशियन आर्चरी च्याम्पियनसीप प्रतियोगितामा योगेन्द्रले कास्य पदक जितेका थिए । गण्डकी प्रदेशका राजधानी पोखरामा आयोजना भएको नवौं औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा योगेन्द्रले स्वर्ण पदक जित्न सफल भएका थिए । त्यसपछि २०६२ सालमा काठमान्डौमा आयोजना भएको प्रथम राष्ट्रिय आर्चरी च्याम्पियनसीपमा टिम र व्यक्तिगततर्फ दोश्रो स्थान हासिल गर्दै अलग÷अलग २ वटा रजत पदक जितेका थिए ।
राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा आर्चरी खेलमा आफ्नो प्रख्याती कमाएकै कारण योगेन्द्र अहिले खेलकुद क्षेत्रको जिम्मेवारी तहमा रहेर काम गर्ने अवसर प्राप्त गरेका छन् । मुस्ताङका योगेन्द्र आर्चरीबाट आफुलाई स्थापित गराउँदै प्रदेश खेलकुद परिषद गण्डकीको बोर्ड सदस्य पदमा रहेर काम गर्ने मौका पाएका छन् । यसका अलावा योगेन्द्र नेपाल आर्चरी संघको केन्द्रिय सचिव र कास्की जिल्ला आर्चरी संघको अध्यक्ष पदमा रहेर आर्चरी खेलकुद क्षेत्रको विकासमा लागिपरेका छन् ।
थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष कृष्णकुमार शेरचनले मुस्ताङका आर्चरी खेलाडी योगेन्द्र मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघका लागि गौरवको शान भएको उल्लेख गरे । अध्यक्ष शेरचन भन्छन्, ‘ थाक खेलकुदले कुनै योगादान गर्न सकेन भन्ने भाष्य निर्माण गरिएको छ,त्यो सत्य होईन, हामीले खेलका माध्यमबाट खेलाडीको दक्षता अभिवृद्धि गर्ने र नेतृत्वदायी भूमिकामा पू¥याउन थाक खेलकुदको भूमिका निश्चित छ ।’ मुस्ताङ थाक खेलकुदका माध्यमबाट यसैवर्षदेखि खेलाडीको थप क्षमता विकासका लागि सम्वन्धित स्थानमा लगेर तालिम अभ्यासको व्यवस्था मिलाउने प्रवन्ध गरिएको अध्यक्ष शेरचनको कथन छ । उनले योगेन्द्र जस्तै थप योगेन्द्रहरु जन्माउने संघको उद्देश्य रहेको बताए ।
थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आर्चरी शान योगेन्द्रलाई संघको सल्लाहाकारमा चयन गरेको छ । उनी संघको आजिवन सदस्य समेत भईसकेका छन् । आर्चरीतर्फ उच्चस्तरको ख्याती कमाएका योगेन्द्रलाई संघले ५१ औं थाक खेलकुद तथा च्याम्पियनसीपमा सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।