धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विगत १० महिनादेखि कार्यरत छु ।यो पवित्र तपोभूमीमा प्रहरी प्रमुख जिम्मेवारी लिएर काम गर्ने अहोभाग्य पाउँदा मलाई निकै गौरान्वित महशुस भएको छ ।
समग्र मुस्ताङ जिल्लाको कुरा गर्दा यो जिल्ला देशकै अपराध कम हुने जिल्ला मध्ये एक हो । यहाँको कुल जनसंख्या करिव १४ हजार रहेपनि यहाँ स्थायी बसोबास गर्नेको संख्या ९÷१० हजार मात्रै छन् । यसैले पनि यहाँ अपराधजन्य घटना ज्यादै नगण्य छ । यद्यपी मुस्ताङमा भित्रिने कामदार तथा पर्यटकहरुबाट हुने संम्भावित अपराधका घटनाप्रति यहाँका प्रहरी चनाखो र सचेत छ । हिमालपारिका नागरिक आफैमा सम्भ र शालिन त छदैछन् उनीहरु हरेक समेत आफ्नो काममा व्यस्त रहने भएकाले पनि अपराधजन्य घटनाले प्रश्रय नपाएको हो भन्ने हाम्रो बुझाई छ । त्यसो त यहाँको प्रहरी निकायले स्थानीय नागरिकहरुलाई प्रवाह गर्ने विभिन्न जनचेतनामूलक कार्यक्रमहरुको योगदानले पनि मुस्ताङको समग्र शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रभावकारी बन्न सकेको हो ।
मुस्ताङ जिल्ला सानो जिल्ला र जनसख्या पनि कम भएकाले यहाँका प्रहरीहरुको भूमिका खासै हुदैन भन्ने जनमानसको बुझाईलाई हामीले धेरै हदसम्म चिर्ने प्रयास गरिरहेका छौं । हामी यहाँ पक्कै सुस्ताएर बसेका छैनो, केही न केही गतिविधि गरेर प्रहरीले आफ्नो मानसम्मान ,इज्यत र गरिमालाई उचो हुने रचनात्मक तथा सृजनात्मक कार्यहरु गरेको र्छाें । हामी सकेसम्म शान्ति सुरक्षा भंग नहोस् र अपराधजन्य घटना हुदै नहोस भन्ने चाहन्छौं । यदी कथमकदाचित भईहाल्यो भने प्रहरी संम्वन्धि ठाउमा पुगेर घटनाको अनुन्धान,विवरण संकलन र कानुनको दायरामा ल्याउनका लागि कत्ति पनिपछि परेका छैनौ ।
शान्ति सुरक्षा र अपराध नियन्त्रणका कार्यबाहेक पछिल्लो समय मुस्ताङ प्रहरीले अपराध न्यूनिकरणका लागि साईबर अपराध,लागु औषध,ट्राफिक सचेतना र सबै प्रकारका सामाजिक हिंसा न्यूनिकरण तथा रोकथामका लागि दिनहु जसो सचेतनामूलक कार्यक्रम भईरहेका छन् । हामी ५ वटै स्थानीय तहको समुदाय र विद्यालयमा पुगेर यो कार्यक्रम गरिहेका छौं ।
भिडियो कुराकानी हेर्न तलको लिंक क्लीक गर्नुहोला
https://fb.watch/sXRmW4a5vd/
प्रहरी कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन र नागरिक र प्रहरीको सम्वन्ध घनिभुत तुल्याउन जिल्लाका स्थानीय तहमा रचनात्मक तथा भौतिक सहयोग प्राप्त भईरहेको छ । सिसी क्यामेरा जडान र ट्राफिक बिट सौजन्य गर्ने स्थानीय तहले प्रहरीलाई साथ समर्थन र हौसला प्रदान गरेका छन् । यसमा मुस्ताङ प्रहरीको मनोबल उच्च भएको छ ।जिल्ला विपद् व्यवस्थापन समितिको मातहतमा रहेर मुस्ताङ प्रहरी विपद जोखिम न्यूनिकरण तथा यसको प्रतिकार्यका लागि हामी पूर्व तयारीमा चौबिसै घण्टा स्ट्यान्डबाई रहन्छ । जिप्रकामा २५ जना र ईलाका प्रहरी कार्यालयमा १५ जनाको विपद् प्रतिकार्य टोली मौजुद छ । केही परेमा हामी कुनै पनि बेला विपद् व्यवस्थापन र उद्दारकार्यमा तुरुन्तै पुग्न सक्छौं ।
मुस्ताङ प्रहरीले पर्यटक तथा स्थानीय नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि बेलाबेलामा स्वास्थ्य शिविर पनि चलाउने गछौं । दुर्गमको बस्ती शान्तामा पनि हामी पुगेर स्वास्थ्य शिविर, नागरिक सचेतना र राहत सामाग्री वितरण गरिसक्यौ । यो हाम्रो ठुलो उपलब्धि हो । प्रहरी निकायमा उजुरी दिन आउनेलाई कार्यालयलाई आवश्यक सहजीकरण गरिरहेको हुन्छ । सडक दुर्घटना र मादक पदार्थ बिक्री वितरणलाई पनि व्यवस्थित र मर्यादित बनाएकै कारण यहाँ सवारी दुर्घटना कम छ । यसैका कारण विगत ५ महिनादेखि हामी कहाँ कुनै उजुरी र गुनासो परेको छैन ।
हामीले मुस्ताङ भित्रिने पर्यटक तथा कामदारको डे टु डे रेकर्ड राख्ने गरेका छौं । सडक सञ्जालले पर्यटक तथा कामदारको आउजाउ बढेपनि यहाँको शान्ति सुरक्षा चुस्त ,भरपर्दो र पारदर्शी छ । नागरिक, समुदाय र जनप्रतिनिधिहरुको मन जित्न मुस्ताङ प्रहरी सफल भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता