मुस्ताङ, २५, साउन
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ खिङ्गामा आयोजना भएको दोस्रो अध्यक्ष कप २०८३ को आर्चरी प्रतियोगितामा जनप्रिय युवा क्लव मुक्तिनाथ टिम च्याम्पियन बनेको छ । आईतबार सम्पन्न भएको अन्तिम १५ डोरको खेलमा जनप्रिय युवा क्लवले १५० पूर्णाङ्कमा १४७ अंक जोड्दै आर्चरी प्रतियोगिताको च्याम्पियन बनेको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँ पालिका अन्तर्गतका ११ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र—४ तिरीको तिरी युवा क्लवले १५ डोरको खेलमा १४३ अंक जोड्दै दोस्रो र बोन युथ क्लव लुप्राले १३६ अंक बटुल्दै तेस्रो स्थान हासिल गरेको प्रतियोगिता संयोजक लाक्पाटसी गुरुङले जानकारी दिनुभयो ।
आर्चरी प्रतियोगिताको च्याम्पियन जनप्रिय युवा क्लव मुक्तिनाथले नगद ७० हजार पुरस्कारसहित शिल्ड,मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता तिरी युवा क्लव तिरीले नगद नगद ५० हजार र बोन युथ क्लव लुप्राले नगद ३० हजार पुरस्कारसहित शिल्ड,मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी जनप्रिय युवा क्लवका छिरिङ नर्बु गुरुङ घोषित भए । यसैगरी प्रतियोगिताका सर्वाधिक खोलर जनप्रिय युवा क्लवका छोम्फेल ठकुरी घोषित भएको प्रतियोगिता संयोजक लाक्पाटसी गुरुङले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली