मुस्ताङमा फागुन २८ देखि दादुरा —रुवेला रोग विरुद्ध खोप लगाईने



जोमसोम—हिमाली जिल्ला मुस्ताङमा यही फागुन २८ गतेदेखि दादुरा—रुवेला रोग विरुद्ध खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय मुस्ताङले शनिबार जोमसोममा आयोजित जिल्ला खोप समन्वय समिति, संञ्चारकर्मी र  सरोकारवालाहरु सम्मिलित जिल्ला स्तरीय अभिमुखिकरण तथा  अन्तरक्रिया गोष्ठीमा यस संम्वन्धि जानकारी गराईएको हो ।

फागुन २८ देखि सुरु हुने दादुरा —रुवेला खोप चैत्र १ गतेसम्म संञ्चालन हुने स्वास्थ्य कार्यालय मुस्ताङले उल्लेख गरेको छ । नौ महिना देखि ५ वर्ष मुनिका बालवालिकाहरुलाई दादुरा —रुवेला विरुद्धको खोप लगाईने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मुस्ताङले बताएको छ । मुस्ताङमा दादुरा —रुवेला खोप अभियानको ५१ औं जिल्लामा पर्छ। यसअघि २४ जिल्लामा पर्ने स्थानमाहरुमा पनि  ९ महिना देखि १५ वर्ष मुनिका  बालवालिकालाईहरुलाई दादुरा —रुवेला खोप लगाइएको छ ।

दादुरा —रुवेला राष्ट्र व्यापी खोप अभियान अन्तर्गत मुस्ताङका ५ वटा स्थानीय तहमा २९ वटा खोप केन्द्र रहने छन् ।जसमा २९ जना भ्याक्सिनेटर, ५८ जना स्वयंसेविक तथा ५८ जना एईएफआई टोली परिचालन हुने  बताईएको छ ।

 अभियानका क्रममा दादुरा—रुवेला खोप बाहेक अन्य खोप लगाउन छुटेका बालवालिकाहरुलाई पनि खोप लगाईने स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।‘हामीले चैत्र ७ गते भित्र दादुरा रुवेला खोप लगाई सक्नुपर्ने हुन्छ,’उनले भने,‘तर हामीले ५ दिनभित्रै सवै वडाहरुमा खोप लगाई सक्ने योजना छ ।’

 मुस्ताङमा ५ स्थानीय तहमा ६१३ जना बालवालिकालाई दादुरा —रुवेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको छ । प्रत्येक खोप केन्द्रमा ३ जना कर्मचारी खटिने छन् । यद्यपी हिउँदयाममा जाडो छल्न बेसी झरेका उपल्लो मुस्ताङीहरु कतिपय जिल्ला नफर्किसकेकाले अपेक्षा गरिएअनुसार उपल्लो मुस्ताङमा सहभागी बालवालिका कम हुँने स्वास्थ्य प्रमुख भण्डारीको अनुमान छ ।

दादुरा —रुवेला खोप अभियान अन्तर्गत मुस्ताङको थासाङमा फागुन २९ र ३०,घरपझोङमा २८ र ३०,वारागुङ मुक्तिक्षेत्रमा २९,३० र १, लोघेकर दामोदरकुण्डमा फागुन ३० र चैत्र १ र लोमान्थाङ गाउँपालिकामा चैत्र १ र २ गते बालवालिकालाई खोप लगाईने गरी कार्यक्रम तय भईसकेको स्वास्थ्य प्रमुख भण्डारीको भनाई छ । खोप मुस्ताङका २४ वटा सामुदायिक विद्यालयमा लगाईने छ ।

 दादुरा रुवेला रोग एक सक्रामक रोग हो । यसका मुख्य लक्षणहरु ज्वरो आउनु,शरीरमा राता बिमिरा देखा पर्नु, हो । मुस्ताङमा दादुरा रुवेला खोप अभियानलाई सफल बनाउन जिल्ला ,पालिका र वडा स्तरमा सबै श्रोतसाधन र जनशक्तिलाई तयारीमा खट्न निर्देशन दिईएको छ । यसमा स्वास्थ्यकर्मी,जनप्रतिनिधि,,कर्मचारी ,शिक्षक शिक्षिकाहरुको महत्वपूर्ण योगदान रहने स्वास्थ्य प्रमुख भण्डारीले उल्लेख गरे ।

यसअघि जिल्लाका पालिका र वडाहरुमा समेत दादुरा रुवेला खोप अभिमुखिकरण तथा अन्तरक्रियाहरु सम्पन्न भईसकेका छन् भने प्रचार प्रसारलाई समेत तिब्रता दिईएको छ ।

शनिबार आयोजित कार्यक्रममा मुस्ताङका प्रजिअ जनकराज पन्तले राष्ट्रिय दादुरा रुवेला खोप अभियान सफल बनाउन सबै सरोकारवाला निकायलाई आह्वान गरे । अभियानका क्रमा खोपबाट कुनै पनि बालवालिकाहरु बञ्चित हुन नहुने र यसका लागि सरोकारवालाहरुले सहजीकरण गर्नुपर्ने बताए ।

जिसस प्रमुख माया गुरुङले दादुरा रुवेला खोप अभियानमा सबै नागरिकको महत्वपूर्ण भूमिका हुने बताईन् । प्रमुुख गुरुङले खोप अभियानलाई जनताको घरदैलो सम्म सन्देश प्रवाह गर्न सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् ।


घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले खोप अभियान प्रभावकारी हुन सकेमा मात्र राष्ट्रिय अभियानले सार्थकता पाउने बताए ।



प्रतिक्रिया