जोमसोम— मुस्ताङको घरपझोङ गाउँपालिका—१ का युवा प्रतिभा आदित्य रसाईली नगद ५० हजार पुरस्कारसहित पोखरामा सम्मानीत भएका छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले उनलाई आईतबार एक कार्यक्रमकाबीच राष्ट्रिय स्तरको गण्डकी प्रदेश स्तरीय युवा प्रतिभा पहिचान तथा सम्मान २०८१ ले पुरस्कृतसहित सम्मान गरेको हो ।
गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयको आयोजनामा सञ्चालित ‘युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम अन्तर्गत मुस्ताङका आदित्यले विज्ञान तथा प्रविधि÷सञ्चार,सूचना प्रविधितर्फको पुरस्कार पाएका हुन् । उनलाई पोखरामा गण्डकी प्रदेश सरकारद्वारा आयोजित कार्यक्रममा गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुमार थापा, मन्त्रालयका सचिव प्रकाश पौडेल र मन्त्रालयका महाशाखा प्रमुख प्रकाश देवकोटा लगायतले नगदसहित प्रमाणपत्रले सम्मान गरेका हुन् ।
यस अघि गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त पुरस्कारका लागि गत जेठ महिनामा विभिन्न विषयगत शिर्षकमा ‘युवा प्रतिभा पहिचान तथा सम्मान’ का लागि सार्वजनिक सूचना प्रकाशित गरी नोमिनेशनका लागि आह्वान गरेको थियो । सोही हआह्वानका आधारमा नोमिनेशन भई पुरस्कार छनौटका लागि योग्य भएपछि उनलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो । मुस्ताङका आदित्यसंगै गण्डकी प्रदेशमा विभिन्न १३ विधामा छनौट भएका युवा प्रतिभाहरुलाई पनि सोही कार्यक्रममा गण्डकी प्रदेश सरकारले सम्मान गरेको हो ।
नगद पुरस्कारसहित सम्मान भएका आदित्यले आप्नो मुख्य रुचिको बिषय सूचना प्रविधि भएकाले यसतर्फ आफुले थप योगदान गर्दै जाने बताए । उनले प्रदेश सरकारको पुरस्कारले आफुलाई थप जिम्मेवार भएर लाग्न अभिप्रेरित गराएको उल्लेख गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता