जोमसोम— मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिले जेठ १० गते यार्सा संकलन सुरु गर्ने निर्णय गरेको छ । अध्यक्ष घ्युर्मी गुरुङको अध्यक्षतामा बसेको समितिको बैठकले सर्वसम्वत जेठ १० गतेबाट यार्सा संकलन गर्न दिने निर्णय गरेको हो ।
समितिले अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ईलाका सरक्षण कार्यालय (एक्याप) जोमसोमका अनुमती लिएर यार्सा गुम्बा वितरण पूर्जी दिने, यार्सागुम्बा पूर्जी शुल्क तोक्ने सम्वन्धमा र यार्सागुम्बा संकलन गर्ने मिति तय सम्वन्धमा निर्णय गरेको मुक्तिनाथ सरक्षण व्यवस्थापन समितिका सचिव लाक्पा टसी गुरुङले ईमुस्ताङ न्युज डटकमलाई जानकारी दिए ।
समितिले विगतवर्षको झै गाउँपालिकाको वडाबासीलाई रु तीन हजार र वडा भन्दा बाहिरका नागरिकहरुलाई छ हजार रुैपैया पूर्जी शुल्क तोकेको समितिका सचिव लाक्पा टसी गुरुङले बताए । मुक्तिनाथ सरक्षण व्यवस्थापन समितिको अधिनमा रहेका तीन वटा लेंकमा यार्सा संकलन गर्न पाईने सचिव गुरुङको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली