जोमसोम—कालिगण्डकी नदीमा हामफाली मुस्ताङमा एक युवा गएरातिदेखि बेपत्ता भएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका—२ स्थित मार्फा खोला नजिक घुम्ती सडकबाट कालिगण्डकी नदीमा हामफाली बुधबार करिव ९ बजेको समयमा ति युवा नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
नदीमा हामफाली बेपत्ता भएका युवाको खोजीकार्य भईरहेको छ । बिहिबार बिहान नदीमा हामफालेर युवा बेपत्ता भएको खबर जिल्ला प्रहरी कार्यालयलाई स्थानीयले सूचना दिएपछि कालिगण्डकी नदीमा बेपत्ता युवाको आज बिहानैदेखी नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीबाट खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
रोल्पा जिल्ला थवाङ गाउँपालिका—५ दाङसखा घर भई मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचेमा ज्याला मजदुरी काम गर्दैआईरहेका २२ वर्षीय युवा रिसन पुन कालिगण्डकीमा हामफाली बेपत्ता भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
मनसुन सुरु भएसंगै कालिगण्डकी नदीको सतह ठुलो भईसकेकाले बेपत्ता युवा फेला पर्न नसकेको प्रहरी नायव उपरीक्षक पाण्डेले उल्लेख गरे । उनका अनुसार नदीमा हामफाली बेपत्ता भएका युवाले के कति कारणले घटना घटेको हो भन्ने बिषयमा खुल्न सकेको छैन । घटना बारे अनुसन्धान भईरहेको र थप अनुसन्धान खोजतलास भईरहेको प्रहरीले उल्लेख गरेको छ ।
अहिले जिल्लाका ३ वटै सुरक्षा निकायको टोलीले बेपत्ता युवाको खोजीकार्यलाई तिब्रता दिएका छन् ।