जोमसोम ।
यहाँको घरपझोङ—२ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र फार्ममा स्याउ टिप्ने खाने मेला उत्सव आयोजना गरिएको छ । यहाँ असोज एक गतेदेखि एक हप्ताका लागि केन्द्रले स्याउ टिप्ने खाने मेला आयोजना गरेको जनाएको छ ।
कृषि र पर्यटन प्रर्वद्धनका लागि केन्द्रले यसप्रकारको बगैचामा पसेर स्याउ टिप्ने खाने मेला आयोजना गरेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । त्यसो त यहाँ स्याउ टिप्ने खाने मेला उत्सव गतवर्षपनि संञ्चालन भएको थियो । केन्द्रले त्यसैलाई यसवर्ष पनि निरन्तरता दिएको केन्द्र प्रमुख आत्रेयको भनाई छ ।
केन्द्रले असोज महिनाको पर्यटकीय यामको छेको पारेर बर्सेनि यसप्रकारको स्याउ टिप्ने खाने मेला उत्सव संञ्चालन गरेको भएपनि यसवर्ष देशको विद्यमान परिस्थितीका कारण पर्यटकहरुको आगमन कम भएकाले विगत वर्षको जस्तो रौनक हुन नसकेको केन्द्र प्रमुख आत्रेयले सुनाउँनुुभयो ।
मुक्तिनाथको दर्शन तथा कागबेनीधाममा धार्मिक कर्म गर्न आउने भक्तजनका साथै मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी स्याउ टिप्ने खाने मेला उत्सव आयोजना गरिएको हो ।
मुस्ताङको मार्फा स्थित बागवानी विकास केन्द्रको मुख्य कार्यालय अगाडीको स्याउ बगैचालाई खुल्ला गरी स्याउ टिप्ने खाने मेला उत्सव सुरु गरिएको हो । असोज १ गतेदेखि सुरु भएको यहाँका स्याउ टिप्ने खाने मेला उत्सव भदौ ७ गतेसम्म तोकिएपनि त्यसको अवधि थप लम्बिन सक्ने जानकारी दिनुभयो ।
यहाँ स्याउ बगैचामा केन्द्रले तोकेको परिधि भित्र रहेर पर्यटकले स्याउ टिप्ने र खाने सुविधा पाउँनेछन् । केन्द्रले यसका लागि एउटा गह्रा छुट्याएको छ । यहाँको लटरम्म राताम्मे स्याउ बगैचामा पसेर स्याउ खाने र टिप्नका लागि पर्यटकले रु. दुई सय रुपैया राजश्व स्वरुप टिकट काट्नु पर्ने हुन्छ । सोही टिकट देखाएर स्याउ बगैचामा पस्न पाईने छ । यसरी बगैचा भित्र पसेर जथाभावी गर्न नपाईने र सावधानीका साथ स्याउ टिप्नु पर्ने केन्द्र प्रमुख आत्रेयले जनाउँनुभयो । स्याउ बोटमा क्षति पुगेमा सम्वन्धित व्यक्तिले एक हजार जरिवाना तिर्नुपर्ने नियम तोकिएको छ ।
स्याउ टिप्ने खाने मेला उत्सवमा पर्यटकले टिकटक बनाउँने, फोटो र भिडियो खिच्न पाईने छ । यसवर्ष पर्यटकीय सिजन भएपनि पर्यटक कम आएका कारण आशिंक पर्यटकहरु मात्रै यहाँको स्याउ टिप्ने खाने मेला उत्सवमा सहभागि भएको केन्द्रले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली