मुस्ताङमा ढिस्कोमा पुरिएर दुई मजदुरको मृत्यु

मुस्ताङमा ढिस्कोमा पुरिएर दुई मजदुरको मृत्यु

जोमसोम—मुस्ताङको घरपझोङ—५ ढुम्बामा  ढिस्कोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिव १ बजे ढुम्बा स्थित कुछप तेरङगा गुम्बाको नाली खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएपछि दुई मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

 नाली खन्ने क्रममा सर्लाही लालबन्दी नगरपालिका—१५ घर हुने अन्दाजी २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका—१ घर हुने अन्दाजी २३ वर्षीय रवि दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

नाली खन्ने क्रममा माटोको ढिस्को खसेर मजदुर पुरिएको खबर प्राप्त भएसंगै तत्कालै जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयको कमाण्डमा प्रहरी टोलीसहित जोमसाम स्थित नारायण दल गण्बाट नेपाली सेनाा र सशस्त्र प्रहरी बल ३३ नं. गुल्मबाट सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो ।

 नेपाल प्रहरी ,सशस्त्र प्रहरी र सेनाको टोलीले ढिस्कोमा पुरिएको शव बाहिर निकाल्न जुटेको थियो । सुरक्षा निकायको समन्वयमा  डोजर प्रयोग गरेर घटनास्थलबाट पुरिएको शव बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

 मुचुल्का लगायतको कार्य सम्प्न गरि दुवै लास पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाई घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया