जोमसोम ।
यहाँ स्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरी हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यसवर्ष चौथो पटक हिमपात भएको हो ।
मुक्तिनाथ क्षेत्रमा मंगलबार (आज) दिउँसो तीन बजेदेखि निरन्तर हिमपात भईरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिनुभयो । मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भईरहेको सहव्यवस्थापक काफ्लेको भनाई छ ।
यसअघि जारी सिजनको पहिलो हिमपात कार्तिक १० गते सुरु भएको थियो । योसंगै जारी सिजनमा चौथो पटक हिमपात भएको समितिका सहव्यवस्थापक काफ्ले उल्लेख गर्नुभयो । यसअघि गएको मंगलबार राति मुस्ताङको मुक्तिक्षेत्र र कागबेनीदेखि माथिल्लो क्षेत्रमा भारी हिमपात भएको थियो । गएको मंगलबार राति मुस्ताङको उच्चलेंकमा पनि आशिंक हिमपात भएको थियो ।
यहाँको मुक्तिनाथ क्षेत्रमा हिमपात भएसंगै त्यस आसपासका डाँढाकाँढा र रानीपौवा बजार पुरै हिमपातले सेताम्मे भईसकेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिनुभयो । केही घण्टा अगाडीबाट निरन्तर हिउँ परिरहेको र रातभरी परेमा मुक्तिनाथ क्षेत्रका सबै बस्ती हिउँले ढाकिने पर्यटन व्यवसायी सुरज गुरुङको भनाई छ ।
मुक्तिनाथमा चौथौ पटक हिमपात भएसंगै मुक्तिनाथ मन्दिर हिउँले ढांकिएको छ । मन्दिर परिसर ,कुण्ड, १०८ धारा र अन्यस्थानमा हिउँ थुप्रिन थालेको छ । मुक्तिनाथमा रातभर हिउँ परेमा दुई फिट बढी हिउँ पर्ने बताईएको छ । मुक्तिनाथमा हिउँ पर्न थालेपछि मुक्तिनाथ पुगेका दर्शनार्थीहरु हिउँले समस्या पार्ने देखिएपछि हतार हतार जोमसोम झर्न थालेका छन् ।
यसैगरी मुस्ताङको कागबेनीदेखि तलको घरपझोङ र थासाङ गाउँपालिकामा पनि उच्चलेंकसहित वस्तीमै आशिंक हिउँ परिरहेको शीतोष्ण बागवानी विकास केन्द्रका कर्मचारी अशोक लिम्बुले जानकारी दिनुभयो । कर्मचारी लिम्मुले विगत ३ वर्षदेखि तल्लो मुस्ताङमा बस्तीमा हिमपात नभएको उल्लेख गर्दे यसपटक बस्तीमै बाक्लो हिउँ पर्ने छनक देखिएको बताउँनुभयो । ‘यहाँ तल्लो क्षेत्रको जोमसोम,मार्फा,टुकुचे ,कोवाङ र लेते लगायतका स्थानमा फूर्रर फूर्रर हिउँ परिरहेको र रातभरी परेमा हिउँ परेको वास्तविक अनूभूति हुने कर्मचारी लिम्बुले बताउँनुभयो ।
यसैगरी माथिल्लो मुस्ताङमा उच्चलेंकमा आशिक हिमपात भईरहेपनि बस्तीमा हिउँ नपरेको एक्याप लोमान्थाङका कर्मचारी सलिना नेपालीले बताउँनुभयो । उच्चलेंकमा छिटफूट हिउँ परेपनि बस्तीमा बजोडको हावाहुरी चलिरहेको बताउँनुभयो ।
यसअघि गएको मंगलबार राति भारी हिमपात हुँदा कागबेनी मुक्तिनाथ र कोरला सडक अवरुद्ध हुन पुगेको थियो । कालिगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडक आयोजनाको डोजरले मुक्तिनाथ र कोरला सडकको हिउँ पन्छ्याएर अवरुद्ध सडक सूचारु गरिएको भएपनि फेरी पून हिमपातले मुक्तिनाथ र कोरला सडक अवरुद्ध हुनसक्ने देखिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली