मुस्ताङमा होटल तथा पसलहरुको छड्के अनुगमन

मुस्ताङ सदरमुकाम जोमसोमका होटल तथा पसलहरुमा छड्के बजार अनुगमन गरिएको छ । घरपझोङ गाउँपालिका कार्यालयको नेतृत्वमा विभिन्न सरोकारवाला निकायहरुले संयुक्त रुपमा मुस्ताङको पर्यटकीय केन्द्र जोमसोम बजार क्षेत्रमा मंगलबार छड्ने अनुमगन गरिएको हो ।

 यहाँ गरिएको बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र पत्रकार लगायतको संयुक्त उपस्थितीमा घरपझोङ—३ जोमसोम स्थित पुथाङ एयरपोर्ट बजारक्षेत्रमा छड्के अनुगमन गरिएको छ । गाउँपालिका उपाध्यक्ष जमुना थकालीको नेतृत्वमा पुथाङ एयरपोर्ट बजार क्षेत्रका २५ भन्दा बढी  होटल तथा किराना र खाद्यान्न पसलहरुमा आकस्मिक छड्के अनुगमन गरिएको गाउँ कार्यपालिका सदस्य भिषण थकालीले जानकारी दिनुभयो ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको सदरमुकाम तथा सबैभन्दा बढी पर्यटकहरुको चहलपहल हुने मुख्य केन्द्र पुथाङ एयरपोर्ट क्षेत्रमा गाउँपालिकाले आकस्मिक छड्के अनुगमन गरिएको हो । पर्यटकीय याम समेत भएकाले मुस्ताङ आएका पर्यटक तथा सर्वसाधारण नागरिकहरुको स्वास्थ्य रक्षाका लागि बजार अनुगमन गरिएको उपाध्यक्ष जमुना थकालीले उल्लेख गर्नुभयो । म्याद गुज्रिएका अखाद्य पदार्थ तथा वस्तुले मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याउन सक्ने भएकाले गाउँपालिकाको अगुवाईमा छड्के अनुमगन गरएको उपाध्यक्ष थकालीको भनाई छ ।

 यहाँको घरपझोङ गाउँपालिकाले विस. २०८० सालदेखि गाउँपालिका भित्रका ब्यापारिक प्रतिष्ठानहरुमा  सिसाका बोतलमा ब्रान्डिङ गरिएको मदिराजन्य बियर बिक्री वितरण गर्न प्रतिबन्ध लगाईसकेको छ । गाउँपालिकाको उक्त नियमलाई थप कडाईका साथ कार्यान्वयन गर्ने गरी बजार अनुगमन गरिएको हो । सिसाजन्य बियरका बोतलले दुर्घटना र जोखिम निम्त्याउने र वातावरण स्वच्छतामा समेत प्रतिकूल असर पु¥याउने भएकाले गाउँपालिकाले बोतलमा ब्रान्डिङ गरिएका बियर बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै आईरहेको छ । उक्त नियमको प्रभावकारीता र सुक्ष्म अध्ययन गर्न बजार अनुगमन गरिएको गाउँपालिकाको भनाई छ ।

 गाउँपालिकाद्वारा गरिएको बजार अनुगमनका क्रममा डेढ दर्जन पर्यटक लक्षित होटल र आधा दर्जन बढी किराना,फ्रेस हाउस र खाद्यान्न पसलहरुको अनुगमन गरिएको हो ।

बजार अनुगमन टोलीले व्यवसायीले होटल तथा पसलहमा साईनबोर्ड राखेको÷नराखेको, व्यवसाय दर्ता तथा नवीकरण, मूल्य सूचि राखेको वा नराखेको, लगबुक रजिस्ट्रार राखेको÷नराखेको, खरिद बिल तथा उपभोक्तालाई दिइने बिल, सरसफाइ, मदिराको मूल्य अभिवृद्धि करको प्रमाणपत्र दर्ता तथा नवीकरण गरे÷नगरेको, स्वदेशी तथा विदेशी र स्थानीय मदिराको पेय पदार्थमा अन्तशुल्क स्टिकर राखेको वा नराखेको, खाद्य सामग्रीको लेबल चेकजाँच, नापतौल चेकजाँच र व्यवसायले पान वा भ्याट बिल प्रयोग गरेको वा नगरेको लगायतको अनुगमन गरेको हो ।

 बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका अखाद्य पदार्थलाई बरामद गरी सरोकारवाला निकायहरुको रोहबरमा जोमसोम स्थित कालिगण्डकी नदी किनारामा खाल्डो खनी नष्ट गरिएको छ ।



प्रतिक्रिया