मुस्ताङमा सरकारी कार्यालयको खर्च ३ अर्व ६८ करोड

जोमसोम ।।

मुस्ताङका सरकारी कार्यालयहरुले चालु वर्ष तीन अर्व ६८ करोड बजेट खर्च गरेका छन् चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजित कुल चार अर्व १७ करोड ५२ लाख बजेटमा उक्त परिमाणमा बजेट खर्च भएको हो । यो समग्र बजेटको (८८.१५) प्रतिशत बजेट खर्च भएको हो । उल्लेखित बजेट खर्च आ.व. २०८२ को असार २५ गतेसम्मको अभिलेख रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ ।

 मुस्ताङका तेईस वटा संघीय कार्यालय र बाह्र वटा प्रदेश कार्यालयका लागि विनियोजित बजेटको चालुतर्फ दुई अर्व ५६ करोड ७८ लाख मध्ये दुई अर्व ३३ करोड ३५ लाख अर्थात कुल चालु बजेटको (९०.८८) प्रतिशत बजेट खर्च भएको हो । यसैगरी संघ तथा प्रदेशको कुल पुजिँगत बजेट एक अर्व ६० करोड ७३ लाख मध्ये एक अर्व ३४ करोड ६८ लाख अर्थात (८३.७९) प्रतिशत खर्च भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङका कार्यालय प्रमुख जब्बरबहादुर भण्डारीका अनुसार संघीय सरकारतर्फ चालु र पुँिजगत गरी तीन अर्व ३० करोड ४२ लाख बजेट मध्ये असार २५ गतेसम्ममा तीन अर्व ४ करोड ७८ लाख अर्थात (९२.१५) प्रतिशत बजेट निकासा भएको हो ।

संघीयतर्फको कुल चालु बजेट दुई अर्व २२ करोड ६१ लाख मध्ये दुई अर्व ९ करोड ७ लाख अर्थात (९३.९२) प्रतिशत बजेट खर्च भएको छ । संघीय पुँजिगततर्फ कुल बजेट एक अर्व ८ करोड १२ लाख मध्ये पन्चानब्बे करोड ७० लाख अर्थात (८८.५२) प्रतिशत बजेट खर्च भएको हो ।

यसैगरी प्रादेशिक सरकारतर्फको चालु र पुजिगत बजेट छयासी करोड ७७ लाख मध्ये  ६३ करोड २६ लाख अर्थात ( ७२.९०) प्रतिशत बजेट खर्च भएको हो । प्रादेशिक चालु बजेट ३४ करोड १६ लाख मध्ये २४ करोड २८ लाख अर्थात (७१.०७) प्रतिशत बजेट खर्च भएको छ । प्रादेशिक पुँजिगत बजेट ५२ करोड ६१ लाख मध्ये ३८ करोड ९८ लाख अर्थात (७४.०९) प्रतिशत बजेट खर्च  भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङका कार्यालय प्रमुख जब्बरबहादुर भण्डारीले असार २५ गतेसम्ममा संघ तथा प्रदेशको खर्च मध्ये संघीय सरकारतर्फ थप करिव तीन करोड खर्च बढ्नसक्ने जानकारी दिनुभयो । राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजना र शीतोष्ण बागवानी विकास केन्द्र मार्फा मुस्ताङको पूर्वाधार निर्माणतर्फ केही बिल भुक्तानी बाँकी रहेकाले बजेट खर्चको आंकडा वृद्धि हुनसक्ने स्पष्ट पार्नुभयो ।

 कोष नियन्त्रक भण्डारीका अनुसार चालु आर्थिक वर्ष पञ्चात हुँने संघीय सरकारतर्फको खर्च र स्थानीय तहबाट फिर्ता हुँने अनुदान बजेट समेत गरी अन्तिम खर्च निकासी असार महिनापछि मात्रै यकिन हुने जानकारी दिनुभयो ।

राजश्व संकलनतर्फ ः

हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८१÷०८२ मा संघ तथा प्रदेश राजश्व ८ करोड ९८ लाख २४ हजार संकलन भएको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार संघीयतर्फ ७ करोड ३९ लाख र प्रदेशतर्फ एक करोड ५८ लाख रुपैया राजश्व संकलन भएको बताउँनुभयो ।


प्रतिक्रिया