जोमसोम—मुस्ताङमा जिल्ला स्थित सरकारी कार्यालय जोड्ने सडकमार्ग स्तरोन्नतिकार्य धमाधम सुरु गरिएको छ ।जिल्ला अदालतदेखि डिभिजन वन कार्यालयसम्मको ३३२ मिटर दुरीमा पल्प ड्रेनसहितको आरसीसी सडक स्तरोन्नति कार्यलाई तीब्रता दिईएको हो ।
पूर्वाधार विकास कार्यालयद्वारा चालु वर्षको जेठ १८ गते बहुवर्षीय योजनाका रुपमा ठेक्का सम्झौता भएको सरकारी कार्यालय जोड्ने सडक स्तरोन्नतिकार्यको जिरेश्वर विल्डर्स काठमान्डौंले जिम्मा लिएको हो । सरकारी कार्यालय जाने सडक आगामी आर्थिक वर्षको जेठ १७ गतेभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको कार्यालय प्रमुख अजय श्रेष्ठले जानकारी दिए ।
मुस्ताङ जिल्ला अदालतदेखि वन कार्यालयसम्मको सडक निर्माण तथा स्तरोन्नतिकार्यका लागि बहुर्षीय योजनाका रुपमा १ करोड ६ लाख लागतमा ठेक्का सम्झौता भएको हो । सडकका लागि चालु आर्थिक वर्ष ३० लाख बजेट विनियोजन भएको हो । यो सडकका लागि प्रदेश सरकारले चालु वर्ष कुल ठेक्का सम्झौता लागतको करिव ४० प्रतिशत मात्रै बजेट विनियोजन गरिएको हो । आगामी आर्थिक वर्ष सडकका लागि दुई शिर्षकमा ३५ लाख ९३ हजार बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयका प्रमुख श्रेष्ठले उल्लेख गरे । सरकारी कार्यालय जाने सडकमार्गको ढिलो गरी ठेक्का सम्झौता भएकाले असारे विकास जस्तो देखिएका कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।
मुस्ताङ सदरमुकाममा अवस्थित महत्वपूर्ण सरकारी कार्यालय जाने सडकको भौतिक प्रगती ५ प्रतिशत छ । निर्माण कम्पनीले ठेक्का मोबिलाईजेसन वापत सम्झौता रकमको २० प्रतिशत अर्थात १८ लाख ५० हजार र अहिले भईरहेको काम ९ प्रतिशत भौतिक प्रगती भएमा चालु वर्षको बजेट व्यवस्थापन हुने कार्यालय प्रमुख श्रेष्ठले जनाए ।
सरकारी कार्यालय जाने ३३२ मिटर दुरीमा ६ मिटर चौडा आरसीसी र सडकको दाँयाबाँया दुईतर्फी ५ दशमलव २ मिटर चौडा छपनी ढुंगा बिच्याउने गरी ठेक्का सम्झौता भएको हो । सडकको पूर्वतर्फ २३० मिटर चौडा र पश्चिमतर्फ १९२ मिटर दुरीमा पल्प कंक्रिट ड्रेन निर्माण गरिनेछ ।
यसअघि जोमसोमको पक्की पुलदेखि जिल्ला अदालत मुस्ताङसम्मको दुरीमा पूर्वाधार विकास कार्यालयले आरसीसी सडक निर्माण गरिसकेको छ । चालु वर्षको बहुवर्षीय ठेक्का अन्तर्गत निर्माण सुरु गरिएको सरकारी कार्यालय जाने सडक सम्पन्न भएमा जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय लगायतका अन्य कार्यालय जाने सडक सहज हुनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता