जोमसोम ।
वि.स. २०७९ को स्थानीय तह निर्वाचनमा घरपझोङ गाउँपालिकाको वडा सदस्य पदमा निर्विरोध निर्वाचित वडा सदस्य कृष्णप्रसाद थकालीले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गर्नुभएको छ । उहाँले बिहिबार राति भिडियो सन्देश र शुक्रबार लिखित वक्तव्य जारी गर्दै नेपाली कांग्रेस परित्याग गरेको घोषणा गर्नुभएको हो ।
थकाली घरपझोङ—५ निवासी हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको तर्फबाट घरपझोङ—५ ढुम्बाको वडासदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएको थियो । लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध वडा सदस्य थकाली गत भाद्र २३ र २४ गते युवाहरुको परिवर्तनगामी आन्दोलनमा भएको युवाहरुको मानवीय क्षतिमा नेपाली कांग्रेसको पनि दोष रहेको उल्लेख गर्नुभएको छ ।
पछिल्लो विकशित राजनीतिक घटनाक्रम अनुसार नेपाली कांग्रेस पार्टी बदलिएको नारा दिईपनि जिल्लामा नेपाली कांग्रेस पार्टी पुरानै सोच अनुसार चलेकाले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको थकालीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
त्यसो वडासदस्य थकालीले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेपनि अन्य कुन पार्टीमा प्रवेश गर्ने भन्ने खुलाएका छैनन् ।

पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता