जोमसोम ।
नेपाल—चीन उत्तरी कोरलानाका स्थित २४ नंम्बर सीमा स्तम्भ दशगजा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले शुक्रबार एकदिने स्वास्थ्य शिविर चलाएको छ । सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म हेडक्वाटर मुस्ताङ र सशस्त्र प्रहरी अस्पताल पोखराको संयुक्त आयोजनामा नेपाल—चीन सीमा क्षेत्र कोरलानाकामा स्वास्थ्य शिविर संञ्चालन गरिएको हो ।
समून्द्री सतहको ४६१० मिटर अग्लो उचाईमा अवस्थित नेपाल—चीन कोरलानाकामा चिनियाँ सामान बिक्री गर्न बसेका स्थानीय ब्यापारी ,त्यहाँ कार्यरत स्थानीय मजदुरका साथै कोरलानाका अवलोकन गर्न जाने पर्यटकहरुलाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपालले पहिलो पटक उच्च उचाईको स्थानमा स्वास्थ्य शिविर चलाएको जनाएको छ । सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत कोरलानाकामा स्वास्थ्य शिविर संञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मका मुस्ताङका सशस्त्र प्रहरी नायव उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङको विशेष उपस्थितीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा एक सय २६ जना लाभान्वित भएका छन् । स्वास्थ्य शिविरमा कोरलानाकामा पाल टाँटेर ब्यापार गर्न बसेका स्थानीय ब्यापारी, कोरलानाकामा मालवस्तु लोड अनलोड गर्न बसेका स्थानीय कामदार,चालक तथा सहचालक र कोरलानाकामा लेंक लाग्ने समस्या भएका पर्यटकहरुको स्वास्थ्य परीक्षण भएको सशस्त्र प्रहरी नायव उपरीक्षक गिरीले उल्लेख गर्नुभयो ।
त्यहाँ आयोजित स्वास्थ्य शिविरका लागि सशस्त्र प्रहरी अस्पताल पोखराबाट चिकित्सक डा. आर्कषा श्रेष्ठ लगायतको पाँच जना मेडिकल टोली र सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्मबाट ३ जना गरी ८ जनाको मेडिकल टोली खटिएका थिए । कोरलानाकामा सशस्त्र प्रहरी बल नेपालले त्यहाँ बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सीमाबासी र पर्यटकहरुको स्वास्थ्य परीक्षण गरेको जनाइएको छ ।
नेपाल—चीन कोरलानाकामा सीमावर्ती क्षेत्रका स्थानीय नागरिकहरुका लागि संञ्चालन गरिएको यसप्रकारको स्वास्थ्य शिविर पहिलो हो । सीमा क्षेत्रको शान्ति सुरक्षा कायम गर्न तथा सीमाक्षेत्रमा हुनसक्ने अवैंध गतिविधि र अवान्छित क्रियाकलापको रोक्न तथा नेपाल—चीन भईरहेको अन्तरदेशीय ब्यापारलाई सुरक्षा सहजीकरण गर्ने जिम्मा पाएको सशस्त्र प्रहरीले कोरलानाकामा सीमाबासीको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य शिविर चलाएको यहाँका सशस्त्र प्रहरी नायव उपरीक्षक गिरीले बताउँनुभयो ।
कोरलानाकामा सीमाबासी ब्यापारीहरु र पर्यटकहरुको दम ,प्रेसर, सुगर लगायतको स्वास्थ्य परीक्षण गरिएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली