जोमसोम— मुस्ताङमा टिपर दुर्घटना भएको छ । बेनीदेखि सिमेन्ट लिएर जोमसोमतर्फ आउँदै गरेको लु १ क ४०६० नम्बरको टिपर मंगलबार बिहान ११ बजे राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्ड अन्तर्गत थासाङ—४ मिसी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेयका अनुसार बेनीबाट जोमसोमतर्फ सिमेन्ट लिएर आउँदै गरेको टिपर अचानक ब्रेक फेल भई अनियन्त्रित हुँदा राजमार्ग सडक छोडेर टिपर ४ सय मिटर तल भिरालो स्थानमा खसेको हो । बेनी—जोमसोम सडकको मिसी सडकको भिरालो स्थानमा टिपर दुर्घटना भएपनि टिपरका चालक धुर्कोट वस्तु गापा—५ अमरडाँडा गुल्मीका ३१ वर्षीय विष्णु थापा र सहचालक भिरकोट नगरपालिका—५ स्याङ्जा बस्ने २५ वर्षीय लेखनाथ पंगेनी सकुशल रहेको प्रनाउ पाण्डेयले जानकारी दिए ।
बेनी—जोमसोम सडक अन्तर्गत मिसी नजिक सडकबाट तल खसेको टिपर ४ सय मिटर तल रुखमा ठोक्किएर अड्किन पुगेको थियो । टिपरमा ढुवानी गरी ल्याईएको सिमेन्ट सबै खसेर भिरालो स्थान वरीपरी छरपष्ट भएको छ ।

यसअघि बेनी—जोमसोम सडकको मिसी नजिक टिपर दुर्घटना भएको स्थानीयले प्रहरीलाई जानकारी दिएपछि प्रहरी वरिष्ठ नायव निरीक्षक मुकुन्द सिग्देलसहित ४ जनाको प्रहरी टोली दुर्घटना स्थलमा पुगेको थियो । दुर्घटना संम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीका अनुसार सडकबाट खसेको टिपर घटनास्थलमै रहेको जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता