जोमसोम— उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ को केकियाङ्कीमा नेपाली सेनाले निर्माण गरेको नागरिक मैत्री हेलिप्याड मंगलबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।लोमान्थाङ गाउँपालिकाको समन्वयमा जोमसोम स्थित नारायण दल गण जोमसोमले लोमान्थाङमा नागरिक मैत्री हेलिप्याड निर्माण गरेको हो ।
नेपाली सेनाको (नागरिक—सैनिक) समन्वय कार्यक्रम अन्तर्र्गत निर्माण गरिएको हेलिप्याडका लागि लोमान्थाङ गाउँपालिकाले आर्थिक व्यवस्थापन गरेको थियो । सेनाको नारायण दल गण जोमसोमबाट प्राविधिक तथा जनशक्ति व्यवस्थापन गरी उपल्लो मुस्ताङको लोमान्थाङ—५ केकियाङ्कीमा हेलिप्याण्ड निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए ।
लोमान्थाङको केकियाङ्कीमा नवनिर्मित हेलिप्याडको नारायण दल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटवाल र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सयुक्त रुपमा उद्घाटन गरे । उद्घाटनपछि हेलिप्याड पालिकालाई हस्तान्तरण भएको हो ।
लोमान्थाङको ३७७५ मिटरको अग्लो उचाईमा एक महिना समय खर्चिएर सेनाको नारायण दल गणले हेलिप्याड निर्माण गरेको प्रशासन प्रमुख केशीको भनाई छ । नेपाली सेनाले नागरिक मैत्री हेलिप्याण्ड निर्माण गरेसंगै स्थानीय स्तरमा विपद् उद्दार तथा बहुउपयोगी कार्यका लागि ठुलो योगदान पु¥याउने विश्वास गरिएको छ ।
नेपाली सेनाको नारायण दल गण जोमसामका गणपति प्रमुख सेनानी लेखनाथ कटवालद्वारा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ समक्ष नागरिक मैत्री हेलिप्याण्ड हस्तान्तरण भएको गाउँपालिकाले जनाएको छ ।
यता नेपाली सेनाले भौगोलिक रुपले दुर्गम र सडक संञ्जालको पहुँच कम भएकाले नागरिक—सैनिक सम्वन्ध प्रगाढ बनाउन तथा उपल्लो मुस्ताङका स्थानीयबासी तथा पर्यटकहरुलाई विपद् उद्दारकार्यमा सहज हुने जनाएको छ ।
भौगोलिक रुपले विकट र जोमसोम सदरमुकाम भन्दा करिव १ सय मिटर उत्तरतर्फ पर्ने लोमान्थाङमा नागरिक मैत्री हेलिप्याण्ड निर्माणले स्थानीय नागरिक तथा पर्यटकलाई विपद् उद्दार कार्यमा ठुलो सहयोग पुग्ने गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङको भनाई छ । उनले नेपाली सेनाले नागरिक र सैनिकबीच सम्वन्धलाई थप प्रगाढ बनाउन यसप्रकारको सृजनात्मक तथा भौतिक कार्य गरेकोमा नेपाली सेनालाई धन्यवाद व्यक्त गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता