मुस्ताङमा एक भारतीय नागरिकको शव मृत अवस्थामा फेला परेको छ । घरपझोङ गाउँपालिका—४ लामाकुर्सी स्थित लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको शव आज बिहान १०ः१५ बजेको समयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रतापगढ उत्तर प्रदेश राज्य भारत घर भएका ६३ वर्षीय पुरुष संगमलाल यादबको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिनुभयो ।
वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको सिमाना पान्डा खोला नजिकै जोमसोम—कागबेनी सडक छेउको लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको मृत शव फेला परेको प्रहरी निरीक्षक महतले बताउँनुभयो ।
मृत फेला परेका भारतीय नागरिकको घटनास्थलबाट आधार कार्ड फेला परेको छ । घटनाको प्रहरी विवरण अनुसार मृत फेला परेका भारतीय नागरिक यादब अघिल्लो महिनाको चैत्र १८ गते ट्रेकिङका लागि आएको बताईएको छ । भारतीय नागरिकको मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले मृतकको परिवारसंग सम्पर्कको लागि समन्वय गरिहेको जनाएको छ । प्रहरी कार्यालयका अनुसार मृतक भारतीय नागरिकको शव जोमसोम स्थित प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
यसअघि भारतीय नागरिकको शव मृत अवस्थामा रहेको सूचना प्राप्त गरेलगत्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङमा नौ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले भारतीय नागरिक मृत अवस्थामा फेला परेको घटनास्थलको प्रकृति र मचुल्का तयार गरी अनुसन्धान कार्य अघि बढाईएको प्रहरी निरीक्षक महतले उल्लेख गर्नुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली