जोमसोम ।।
गण्डकी प्रदेश सरकार अन्तर्गत उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग तथा पर्वत उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको पाँचदिने कालिगण्डकी तटीय क्षेत्रमा धार्मिक पर्यटन प्रर्वद्धन कार्यक्रम यात्रा आज मंगलबार मुस्ताङको जोमसोममा समापन भएको छ । मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डको शीरदेखि कालिगण्डकी नदीको तटीय फेंद त्रिवेणीसम्मको धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार÷प्रसार र धार्मिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग पु¥याएको हो ।
नेपाल पत्रकार महासंघ पर्वत र पर्वत फोटो ग्राफर संघले समेत कार्यक्रममा सहकार्य रहेको छ । धार्मिक तथा सांस्कृतिक क्षेत्र तथा शालीग्राम शीला पाईने विश्वकै एकमात्र नदी कालिगण्डकी तटीय क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्रको पर्यटन प्रर्वद्धन र विश्वसामु कालिगण्डकी नदीको थप प्रचार÷प्रसार गर्ने गरी कार्यक्रम गरिएको पर्वत उद्योग वाणिज्य संघको भनाई छ ।
पर्वतको प्रसिद्ध धार्मिक एवंम् पर्यटकीय स्थल मोदीवेणीबाट गत शुक्रबार धार्मिक पर्यटन यात्रा शुभारम्भ गरिएकोे थियो । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालको नेतृत्वमा धार्मिक गुरु तथा साँधुसन्त, धार्मिक पर्यटन प्रर्वद्धन अभियान्ता,उद्योग वाणिज्य संघ पर्वत, पर्वत पत्रकार महासंघ र पर्वत फोटो पत्रकार संघ लगायतको टोली कालिगण्डकी तटीय क्षेत्रको धार्मिक पर्यटन प्रर्वद्धन यात्रा कार्यक्रममा जोडिएका थिए ।
पर्वतको मोतीवेणीबाट तनहुको प्रसिद्ध धार्मिक स्थल देवघाट हुँदै विभिन्न धार्मिक क्षेत्रको प्रर्वद्धन गर्दे सोमबार साँझ उक्त टोली मुस्ताङ आईपुगेको हो ।
यहाँ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालले गण्डकी प्रदेश सरकारले कालिगण्डकीको ईतिहाँस,महिमा र परिचयलाई थप उजागर गरी पर्यटन प्रर्वद्धनमा योगदान गर्नुपर्ने बेला आएको बताउँनुुभयो । देवीदेवताहरुको वासस्थानको रुपमा रहेको मुक्तिनाथ र दामोदरकुण्ड क्षेत्र यहाँको धार्मिक पर्यटनको धरोहरका रुपमा रहेकाले कालिगण्डकी नदीको तटीय क्षेत्रको धार्मिक तथा ऐतिहाँसिक र सांस्कृतिक महत्वलाई श्रव्यदृष्य मार्फत प्रचार÷प्रसार गर्ने गरी गण्डकी सरकारले आर्थिक सहयोग गरेको बताउँनुभयो ।
गण्डकी प्रदेशको मूल भूमी र पुण्य भूमी मुस्ताङ र कालिगण्डकी गण्डकी गहनाको रुपमा रहेकाले यसको संरक्षण,प्रर्वद्धन र विकास गर्नसकेमा मात्रै समग्र गण्डकी प्रदेशको आर्थिक समृद्धिमा टेवा पु¥याउने मन्त्री वस्यालको भनाई थियो । मन्त्री वस्यालले गण्डकी प्रदेशको पर्यटनको मुहान मुस्ताङ भएकाले यहाँको समन्नत विकासमा गण्डकी प्रदेश सरकार सम्वेदनशील रहेको जनाउँनुभयो ।
यसैगरी पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेलले गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा धार्मिक पर्यटन प्रर्वद्धन कार्यक्रम सम्पन्न भएको बताउँनुभयो । कार्यक्रम अन्तर्गत कालिगण्डकी तटीय क्षेत्रमा रहेका स्थानहरुमा धार्मिक तथा पर्यटकीय क्षेत्रका पर्यटन व्यवसायी तथा सरोकारवालाहरुसंग धार्मिक पर्यटनको सवालमा छलफल तथा अन्तरक्रिया भएको उल्लेख गर्नुभयो ।
मुस्ताङका सिडियो विष्णुप्रसाद भुसालले धार्मिक क्षेत्रको पर्यटकीय पदमार्गहरुको संरक्षण र विकास गर्नुपर्नेमा जोड दिनुभयो । समापन कार्यक्रममा जगतगुरु अनन्त श्री विभुषित बालसन्त मोहनहरण देवाचार्य महाराजश्रीले धार्मिक प्रवचन दिनुभएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली