मुस्ताङमा लेंक लागेर तिर्थालुको मृत्यु

मुस्ताङमा लेंक लागेर एक जना तिर्थालुको मृत्यु भएको छ ।ललितपुर उपमहानगर पालिका १८ भैसेपाटी स्थित निर्मल सेकेन्डरी स्कुलका कार्यालय सहयोगी  ४५ वर्षीय माधव तिमिल्सिनाको लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

स्कुलका कार्यालय सहयोगी तिमिल्सिना मुक्तिनाथ दर्शन गरी फर्किदै गर्दा घरपझोङ गाउँपालिका—२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए । उहाँलाई तत्कालै जोमसोम स्थित प्रदेश अस्पताल पु¥याएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाका अनुसार लेंक लागेर बेहोस भई अस्पताल पु¥याएका तिमिल्सिनाको सोमबार बिहान एक बजे मृत्यु भएको हो । प्रहरीका अनुसार लेंक लागेर बेहोस भई उपचारका लागि अस्पताल पु¥याएका कार्यालय सहयोगी तिमिल्सिनालाई चिकित्सकले मृत घोषणा बताईएको छ ।

हिउँदयामसंगै मुस्ताङमा  चिसो ह्वात्तै बढेको कुण्डमा स्नान गर्दा र स्वास्थ्य सुरक्षा सावधानी अपनाउन नसक्दा यहाँ आउने तिर्थालुहरुलाई लेंक लाग्ने समस्या देखिने गरेको छ । जिल्ला प्रहरी कार्यालय ,स्वास्थ्य कार्यालय र मुक्तिनाथ विकास समिति लगायतले मुस्ताङ भित्रिने पर्यटकहरुलाई लेंक लाग्ने समस्या लगायतका बारेमा जनचेतना र पर्चापम्प्लेट वितरण गर्दैआईरहेको छ ।

हिमाली जिल्लाको उच्चभूगोलमा आउने पर्यटकहरुले हतार हतार यात्रा गर्दा, दीर्घ रोगको समस्या भएका, शारिरीक रुपले अशक्त र उमेर कटेका ज्येष्ठ नागरिकहरुलाई अक्सिजनको कमी भई लेंक लाग्ने समस्या हुने गरेको पाईएको छ ।


प्रतिक्रिया