ठिनी,जोमसोम,खिङ्गा र मुक्तिनाथ सेभेन साईड फुटबलको सेमीफाईनलमा

जोमसोम—मुक्तिनाथ स्थित पुराङ रानीपौवा खेलमैदानमा आयोजित सेभेन ए साईड फुटबल प्रतियोगितामा जनमुक्ति युवाक्लव (ठिनी),जोमसोम युथक्लव (जोमसोम), थोरङ्लापास युथ क्लव (खिङ्गा) र प्रतियोगिता आयोजनक जनप्रिय युवाक्लव (मुक्तिनाथ) सेमी फाईनलमा प्रवेश गरेका छन् । बर्सेनि संञ्चालन हुने यार्तुङ मेला २०८१ अन्र्तगत बिहिबार नकआउट  चरण र क्वाटर फाईनलका खेलहरु भएको थियो ।

छिमेकी जिल्ला मनाङको पिसाङ युथक्लवसहित कुल १३ टिमको सहभागिता रहेको यार्तुङ मेला सेभेन ए साईड फुटबल प्रतियोगितामा आयोजन जनप्रिय युथक्लव (बि)ले सिधै बाई पाएर क्वाटर फाईनल खेलेको थियो । यसअघि सुरुवाती नटआउट चरणको प्रतियोगितामा  ६ टिम प्रतियोगिताबाट पराजित हुँदै बाहिरिएका थिए ।

नकआउट चरणपछिको क्वाटर फाईनलमा  जनप्रिय युवाक्लव मुक्तिनाथ बिले लुप्रा बोन युथक्लवलाई, थोरङ्लापास युथक्लव खिङ्गाले  झोङ युथ क्लवलाई,जोमसोम युथक्लव जोमसोमले एअरपोर्ट युनाईटेड क्लवलाई र जनमुक्ति युथ क्लव ठिनीले  हिमाली युथक्लव झारकोटलाई हराउँदै सेमी फाईनल प्रवेश गरेको हो ।

 प्रतियोगिता अन्र्तगत भदौ १ गते शनिबार सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमी फाईनल र फाईनल खेल संञ्चालन हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया