जोमसोम— मुस्ताङमा यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि जनहित माध्यमिक विद्यालय जोमसोममा सुरु भएको हो ।
परीक्षाका लागि मुस्ताङमा ८ सामुदायिक,१ निजी र २ धार्मिक विद्यालयबाट गरी १८८ जनाले एसईई परीक्षा दिने बताईपनि एसईई परीक्षाको पहिलेदिन दिव्यदीप माध्यमिक विद्यालय छोसेका ३ जना परीक्षार्थी अनुउपस्थित रहे । सो विद्यालयका शिक्षक प्रतिनिधि कमलेशकुमार त्रिपाटीका अनुसार अनुउपस्थित ३ परीक्षार्थी मध्ये १ जना अभिभावकसंग विदेश गएको र २ जना परीक्षाको तयारी नुपुगेको भन्दै यसवर्षको परीक्षामा सहभागी नभएको जानकारी दिए ।
योसंगै मुस्ताङमा कुल ११ वटा विद्यालयका १८८ मध्ये १८५ जना परीक्षार्थीले मात्र एसईई दिन परीक्षा केन्द्रमा उपस्थित भएको केन्द्राध्यक्ष कर्णबहादुर थकालीले बताए ।
यसवर्ष कुल परीक्षार्थी मध्ये जनहित मावि जोमसोमका १७ जना र जनआदर्श अमरसिंह माध्यमिक विद्यालय कोवाङका ३४ जना गरी ५१ जना परीक्षार्थी प्राविधिकधारतर्फको रहेका छन् । जनहित मावि जोमसोमबाट यसवर्ष ८ जनाले खुल्ला परीक्षा दिदैछन् ।
मुस्ताङमा यसवर्षको एसईईमा सबैभन्दा धेरै जनहित माध्यमिक विद्यालय जोमसोमबाट ५१ जना र सबैभन्दा कम जननर्मल मावि छुसाङबाट २ जना परीक्षार्थी छन् ।
मुस्ताङबाट एसईई परीक्षा दिने सबै परीक्षार्थीहरुलाई परीक्षा सुरु हुनु अघि गण्डकी प्रदेशका सांसद विकल शेरचनले परीक्षा सफलताको शुभ—कामना दिए । उनले एसईई परीक्षा उर्तिर्ण गरेपछि जिल्लाकै क्याम्पसमा उच्चशिक्षा हासिल गर्न समेत अनुरोध गरे । केन्द्राध्यक्ष कर्णबहादुर थकालीले एसईई परीक्षामा सामेल हुने विद्यार्थीलाई अनुशासित र मर्यादित भएर परीक्षा दिन सुझाए ।
यस्तै, मनाङमा पनि यसवर्ष ३ वटा सामुदायिक विद्यालयका ४० जनाले एसईई परीक्षा दिदैछन् । जसमध्ये ३७ जना नियमित र ३ जनाले खुल्ला परीक्षा दिन सहभागी भएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए । मनाङमा लोकप्रिय माध्यमिक विद्यालय चामेमा परीक्षा केन्द्र तोकिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता