मुस्ताङ, ४,भदौ ।
उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ—२ स्थित मुस्ताङ भन्सार कार्यालले न्हेचुङले १० लाख १६ हजार ७१९ रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले आ.व. २०८१÷०८१ को बाह्र महिना अवधिमा उक्त राजश्व संकलन गरेको हो ।
नेपाल सरकार भन्सार विभागले यहाँको मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा ८८ हजार राजश्व संकलन हुने प्रक्षेपण गरेकोमा लक्ष्य भन्दा बढी ९ लाख २८ हजार रुपैया राजश्व संकलन भएको यहाँको निमित्त भन्सार प्रमुख उक्तम राईले जानकारी दिनुभयो । चालु आ.व. मा भने भन्सार विभागले यहाँबाट १२ लाख रुपैया राजश्व संकलन गर्ने प्रक्षेपण गरेको निमित्त भन्सार प्रमुख राईको भनाई छ ।
आ.व. २०८१÷०८२ मा मुस्ताङ भन्सार कार्यालयले विभिन्न शिर्षकमा राजश्व संकलन गरेको हो । जसअन्तर्गत अन्तः शुल्क आयाततर्फ १५ हजार ६२९ रुपैया, भन्सार महशुल आयाततर्फ ८ लाख ९४ हजार ८३ रुपैया, आयातमा लाग्ने अन्य शुल्क महशुल ९ हजार ६५० रुपैया, अन्य प्रशासनिक सेवा शुल्क एक हजार, बेरुजु ३५ हजार ६०३ रुपैया र मू.अ. कर आयात साठी हजार ७५४ रुपैया राजश्व संकलन गरेको निमित्त भन्सार प्रमुख राईले उल्लेख गर्नुभयो ।
उपल्लो मुस्ताङको सिमावर्ती क्षेत्रमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले कोरलानाका हुँदै चिनबाट आयातित सामानबाट आ.व. २०८०÷०८१ को तुलनामा आ.व. २०८१÷०८२ मा (१६.२१) प्रतिशत राजश्व वृद्धि भएको जनाएको छ । आ.व. २०८०÷०८१ मा विभिन्न शिर्षकमा ८ लाख ७४ हजार ८६६ रुपैया भन्सार राजश्व संकलन भएको थियो ।
भन्सार विभागले नेपाल—चिन उत्तरी कोरलानाका स्थित मुस्ताङ भन्सार कार्यालय न्हेचुङका लागि ७ जना दरबन्दी सृजना गरेको छ । यहाँ एक जना भन्सार अधिकृत, ४ जना नायब सुब्बा र २ जना कार्यालय सहयोगीको दरबन्दी कायम छ । हाल यहाँ २ जना नायब सुब्बा कार्यरत छन् । एक जना कार्यालय सहयोगी करारमा खटाईएको छ ।
नेपाल—चिन उत्तरी कोरलानाका आ.व. २०८१ साल कार्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका सिमावर्ती नागरिकहरुका लागि बाह्रै महिना चिन पक्षले खुल्ला गरेको थियो । त्यसअघि यहाँको कोरलानाका चार वर्षसम्म कोभिडका कारण ठप्प रहेको थियो । यहाँको कोरलानाकामा कोभिड अघि नेपाल—चिन बर्सेनि असार र भदौ महिनामा सीमित अवधिका लागि चिनको तिब्बती भूमीमा अल्पकालिन ब्यापार मेला संञ्चालन हुने गथ्र्यो । त्यस समय नागरिकता र सीमा प्रशासनले जारी गरेको पासका आधारमा त्यहाँका नागरिकहरुले अल्पकालिन ब्यापार मेलामा पुगेर दैनिक उपभोग्य वस्तु खरिद गर्ने गरिन्थ्यो ।
पछिल्लो समय नाका खुलेको दुई वर्ष बितिसक्दा समेत मुस्ताङ भन्सार कार्यालयलाई सरकारले गतिशील र प्रभावकारी बनाउन नसकेको त्यसक्षेत्रका स्थानीय नागरिकहरुको भनाई छ । नाकामा अवस्थित मुस्ताङ भन्सार कार्यालयलाई खाद्य क्वारेन्टाईन,पशुक्वारेन्टाईन र पेय पदार्थ क्वारेन्टाईन लगायतका भौतिक पूर्वाधार नहुँदा यहाँको भन्सार कार्यालयको क्रियाकलाप निकै सुस्त रहेको छ । नाका खुलेपनि उपल्लो मुस्ताङका नागरिकहरुले पर्याप्त सामान आयात गर्न नपाउँदा उपल्लो मुस्ताङका ब्यापारी र स्थानीय नागरिकहरु समस्यामा परेका छन् ।
यसैगरी नेपाल पक्षबाट त्यहाँको भन्सारलाई गतिशील बनाउन नसक्दा नेपाल पक्षले चिनतर्फ निर्यात गर्ने सामानमा चिन पक्षले नियमन गर्ने गरेको पाईएको छ । यसैगरी नाकाबाट चिनतर्फ भेडाच्यांग्रा आयात गर्नमा समस्या पर्ने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली