मालढुङ्गा—बेनी सडकमा दैनिक ४ घण्टा टाईमकार्ड



जोमसोम—उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको मालढुङ्गा बेनी सडकमा शनिबारदेखि सवारी साधनलाई टाईमकार्ड लागु गरिएको छ । निर्माणधिन १३ किमी मालढुङ्गा—बेनी सडक स्तरोन्नति तथा रक कटिङ  गरी सडक विस्तार गर्नु पर्ने भएकाले आयोजनाले फागुन २४ गतेसम्म दैनिक ४ घण्टा सडक आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

आयोजनाले जिल्ला प्रशासन कार्यालय म्याग्दीको समन्वयमा  एक साताका लागि मालढुङ्गा—बेनी सडकमा टाईमकार्ड लागु गरेको आयोजनाका ईन्जिनीयर अछुत विलाश पन्तले ईमुस्ताङ  न्युज डटकमलाई जानकारी दिए ।उनका अनुसार पर्वतको बेनी प्रवेश गर्ने मालढुङ्गा नजिक चट्टानसहितको रक कटिङ गर्नुपर्ने भएकाले केहीदिनका लागि सडक बन्द गर्नुपर्ने अवस्था आईपरेको बताए ।

आयोजनाले टाईमकार्ड लगाएसंगै म्याग्दी हुँदै मुस्ताङ प्रस्थान गर्ने सवारी साधन तथा मालबाहक ट्रकहरुलाई बाग्लुङ—बेनी सडकको बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । आयोजनाले मालढुङ्गा—बेनी सडकमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक आवागमन बन्द हुँने जनाएको छ ।

२०७७ साल चैत्रमा ५२ करोड ८६ लाख लागतमा ठेक्का सम्झौता भएको मालढुङ्गा —बेनी १३ किमी कालोपत्रे सडकको पछिल्लो भौतिक प्रगती ४० प्रतिशत रहेको ईन्जिनीयर पन्तले बताए । सो क्षेत्रमा सडक स्तरोन्नतिको जिम्मा एपेक्स खड्गकृष्ण जेभीले लिएको छ । अस्पाल्ट कालोपत्रेसहितको मालढुङ्गा बेनी—बेनी सडक निर्माण कम्पनीको ढिलासुस्तीले विलम्व भएको हो ।

त्यसो त सडकका लागि चाहिने कालिगण्डकी नदीको ढुङ्गा गिट्टी बालुवा उत्खनन् गर्दै गर्दा निर्माण कम्पनी विरुद्ध सवोच्च अदालतमा मुद्धा समेत परेको थियोे । सर्वोच्चले २०७८ असारमा त्यहा कालिगण्डकी नदीमा उत्खनन् गर्न समेत रोक लगाएको थियो । २०७९ चैत्रमा सम्झौता म्याद सकिएको बेनी—मालढुङ्गा सडकको दोस्रो पटक म्याद थप गरिएको छ ।



प्रतिक्रिया