फोटो क्याप्सन : जोमसोम—कोरला सडकको समर खोलामा भेटियो दुर्लभ हिमचितुवा । तस्विर : छ्युमी बिष्ट ।
जोमसोम— समय दुर्लभ हिमचितुवा मुस्ताङका सडकमा देखिन थालेका छन् । जलवायु परिवर्तनका कारण वातावरणीय क्षेत्रमा परेको असरले हिमाली जिल्ला मुस्ताङ हिमचितुवा सार्वजनिक रुपमै देखा पर्न थालेका हुन् ।
मुस्ताङमा शुक्रबार हिमचितुवा देखा परेको हो । लोमान्थाङ गाउँपालिकी उपाध्यक्ष छ्युमी बिष्टले लोमान्थाङबाट जोमसोमतर्फ आउँदै गर्दा वारागुङ मुक्तिक्षेत्र—३ समर खोलामा ३ वटा हिमचितुवा देखेकी हुन् । उनले लोमान्थाङबाट जोमसोम आउँदै गर्दा शुक्रबार दिउँसो ४ बजेर ३३ मिनेट जाँदा जोमसोम—कोरला सडकमार्गको समर खोलामा उक्त हिउँ चितुवा देखिने हुन् । उनले यात्राका क्रममा सडक छेउमा देखेको हिउँ चितुवाको तस्विर आफ्नो मोवाईलमा समेत कैंद गरकी छिन् । उनले खिचेका हिमचितुवाको तस्विर सामाजिक संञ्जाल फेसबुकमा समेत पोष्ट गरेकी छिन् ।
‘लोमान्थाङबाट जोमसोम झर्दै थिए, समर खोलामा आईपुग्दा सडकमा हिमचितुवा हिडेको देखे,’उपाध्यक्ष बिष्टले भनीन्,‘ हामी त गाडी भित्रै थियौं, डर पनि लाग्यो, डराई डराई भएपनि फोटो खिच्न चै भ्याए ।’ उपाध्यक्ष बिष्टले अगाडी भनीन् ‘गाडी भित्रको यात्राले जोखिम त थिएन, मनमा भने डरै भयो,मोटरसाईकलबाट यात्रा गर्नेलाई त हिमचितुवाको जोखिमनै ठाने ।’ लोमान्थाङकी उपाध्यक्ष बिष्टले कैद गरेको हिमचितुवाको तस्विर हेर्दा वयस्क हिमचितुवा जस्तो देखिन्छ ।
हिमाली क्षेत्रको उच्चलेंकमा वासस्थान जमाएर बस्ने दुर्लभ हिमचितुवाको मुख्य आहार नाउर हो । नाउर पानी खान तल झर्ने र चरन क्षेत्रको खोजी गर्दे वस्ती नजिक झर्ने भएकाले हिमचितुवा नाउरलाई पछ्याउँदै सडक र वस्ती नजिक आउन थालेको हो । हिमचितुवाले वन्यजन्तुको आहार नपाउँदै कृषकले पालेका पशुधन माथि आक्रमण गरी पशुधनको क्षति बनाउने गरेको छ ।
मुस्ताङमा हिउँ चितुवाले आहारको खोजीमा वासस्थान समेत परिवर्तन गर्ने गरेको स्पष्ट हुन्छ । मुस्ताङमा देखा परेको हिउँचितुवा हिउँ चितुवानै भएको संरक्षण अधिकृत तुलसी दाहालले पुष्टि गरेका छन् ।
यसअघि मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ढाक्मरमा ४ वटा हिमचितुवा मध्यरातमा खोरमै पसेर स्थानीय पशुपालकले पालेको ७९ वटा भेडाच्यांग्रा क्षति बनाएको थियो । पछिल्लो समय अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत जोमसोमदेखि माथिल्लो क्षेत्रमा हिमचितुवा र मानवबीच द्धन्द चलेको छ । बर्सेनि हिमचितुवाको आक्रमणले उपल्लो भेंकमा स्थानीयको भेडाच्यांग्रा,घोडाखच्चड, याकचौरी आदी मारेर क्षति तुल्याउने गरेको छ ।

समून्द्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाईमा हिमचितुवाको मुख्य वासस्थान हो ।नेपालमा दुर्लभ संख्यामा रहेको हिमचितुवा जैविक विविधिता मध्येको एक मुख्य वन्यजन्तु हो ।हिउँ चितुवाको संख्या र स्वास्थ्यको प्रभावले पर्वतीय क्षेत्रको पारस्थितिक प्रणालीको ईकोसिस्टमको अवस्था सम्वन्धि धेरै कुराहरुको बोध गराउने गर्छ ।
पछिल्लो समय जलवायु परिवर्तनको असर ,हिउँ चितुवा र मानवबीचको द्वन्द्व र प्राकृतिक तथा वातावरणीय दोहनका कारण हिमालकी रानी हिउँ चितुवा संकटमा पर्न थालेका छन् । यसअघि गरिएको सर्वेक्षणमा नेपालमा ३ सयदेखि ५ सयको हाराहारीमा हिउँ चितुवा रहेको अनुमान गरिएको थियो । केही वर्षअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहकार्यमा हरियो वन नामक संस्थाले गरेको अध्ययनमा १७ वटा हिमचितुवा आयोजना क्षेत्रमा रहेको तथ्यांक निकालेको थियो ।
फोटो क्याप्सन ः जोमसोम—कोरला सडकको समर खोलामा भेटियो दुर्लभ हिमचितुवा । तस्विर ः छ्युमी बिष्ट ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता