मुक्तिनाथमा घोडाचढी सेवाले जोगिएको हिमाली संस्कृति

पाँच वर्षअघि मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्धारसम्म रानीपौवा बसपार्कबाट मोटरसाईकलले तीर्थयात्रा ओसार÷पोसार गर्ने गरिन्थ्यो । वारागुङ मुक्तिक्षेत्र—१ स्थित पुराङ रानीपौवा,झारकोट,खिङ्गा गाउँका युवाहरुले सशुल्क मोटरसाईकलमा राखेर बसपार्कदेखि मन्दिरको मुख्य प्रवेशद्वारसम्म दुईतर्फी सेवा दिने गथ्र्ये ।

 त्यसबेला पर्यटक तीर्थयात्रीलाई मुक्तिनाथ बसपार्कदेखि मन्दिरको गेटसम्म पु¥याएको भारतीय रुपैया तीन सय शुल्क लिने गरिन्थ्यो । गाउँका युवाहरुले मोटरसाईकलमा तीर्थयात्री ओसार÷पोसार गर्न समिति बनाएका थिए । मुक्तिनाथ मन्दिरमा यस्तो सेवा लिनेहरुमा शारिरीक रुपमा अशक्त,ज्येष्ठ नागरिक र उकालो उक्लन नसक्ने तीर्थयात्रीहरुनै हुन्थे । तर, मोटरसाईकलमा यसरी सेवा दिदा तीर्थयात्रीमा जोखिम हुने र यसले कानुनी फन्दामा परिने जोखिम महशुस गरियो । मुक्तिनाथ तीर्थयात्रीहरुलाई मोटरसाईलकमा राखेर लाने लैजाने गरिंदा मुक्तिनाथ रानीपौवा बजारक्षेत्रको व्यवसायमा समेत असर पुगेको गुनासा सुनिए । । यसै कारण मुक्तिनाथ क्षेत्रका स्थानीयले विगत पाँच वर्षदेखि मोटरसाईकलमा तीर्थयात्री ओसारपोसार गर्ने सेवालाई बन्द गरी घोडाबाट तीर्थयात्रीलाई मुक्तिनाथ पु¥याउने सेवा सुरु गरे ।

पछिल्लो समय सडक यातायातको सहजतासंगै परम्परागत रुपमा सदिंयौ वर्षदेखि हिमाली क्षेत्रमा घोडा पालन गर्ने संस्कृति हराउँदै जान थालेको थियो । वर्षको दुई÷तीन पटक विशेष चाडपर्वमा मात्रै प्रयोग हुने घोडाहरुलाई वर्षभरी संरक्षण गरी राख्न आर्थिक खर्चको हिसाबले निकै समस्यानै थियो । गाउँका घोडाहरु वर्षपिच्छे घट्दै गईरहेका थिए । चाडपर्वहरुमा घोडाहरु जुटाउन समेत समस्या पर्दैगईरहेको थियो ।

मुक्तिनाथमा घोडाबाट पर्यटक तीर्थयात्रीहरुलाई सशुल्क सेवा दिन थालिएपछि संकटमा पर्दै गईरहेका घोडाहरु संरक्षण हुन थाले । घोडामा चढाएर पर्यटक तीर्थ यात्रीलाई मुक्तिनाथ पु¥याउने सेवा सञ्चालनले मुक्तिनाथ क्षेत्रमा अधिकाँश घरधुरीहरुले एक घर एक घोडा पाल्न थाले । पर्यटक ओसार÷पोसार गर्ने घोडाले गतिलो आम्दानी गर्न थालेपछि मुक्तिनाथमा लोपोन्मुख अवस्थामा रहेको घोडा संस्कृति संरक्षणको बाटोमा अघि बढ्यो । पछिल्लो समय मुक्तिनाथ,खिङ्गा,झारकोट र छेङ्गुर गाउँका युवाहरुले घोडाबाट तीर्थयात्री ओसार—पोसार गरी राम्रो आम्दानी गर्न थालेका छन् ।

 मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने तीर्थयात्रीको सेवाका लागि चार गाउँका झन्डै एक सय भन्दा बढी घरधुरीले घोडा पालेको मुक्तिनाथ रानीपौवाका स्थानीय घोडा व्यवसायी हर्क गुरुङले जानकारी दिनुभयो । मुक्तिनाथ मन्दिरबाट मन्दिरको गेटसम्म घोडाले तीर्थयात्री पु¥याएको नेपालीलाई चार सय रुपैया र भारतीय पर्यटकलाई भारु चार सय रुपैया शुल्क लिने गरिएको घोडा व्यवसायी गुरुङले उल्लेख गर्नृभयो ।

 मुक्तिनाथमा घोडाबाट तीर्थयात्रीलाई सेवा दिनका लागि वारागुङ मुक्तिक्षेत्रका स्थानीयले मात्रै यो सुविधा पाउँछन् । अन्य गाउँका स्थानीयले घोडाबाट तीर्थयात्री पु¥याउने सेवा दिन पाईदैन । घोडा व्यवसायी हर्क गुरुङका अनुसार मुक्तिनाथ स्थित चार गाउँमा कुरिया दर्ता भएका स्थानीयले मात्रै घोडाबाट मान्छे बोक्न पाउँने प्रावधान रहेको बताउँनुभयो । 

 मुक्तिनाथमा चार गाउँका स्थानीयले घोडा पालेर तीर्थ यात्रीलाई सेवा दिने गरेपनि केही घरधुरीले मात्रै घोडा डोहो¥याएर मुक्तिनाथ पु¥याउन खटिन्छन् । अधिकाँश घरधुरीले भने घोडाबाट तीर्थयात्री ओसार्न कामदार राख्ने गरेको घोडा व्यवसायी गुरुङले उल्लेख गर्नुभयो । घोडाबाट तीर्थयात्री ओसार्ने कामका लागि मासिक २० हजारदेखि ३० हजार रुपैयासम्म पारिश्रमिक दिएर काममा खटाउने गरेको उहाँको भनाई छ ।

 मुक्तिनाथमा घोडाबाट तीर्थ यात्री ओसार्न स्थानीय कोही घरधुरी विदेशमा रहेको र उक्त घरमा अन्य व्यक्तिले बसेको भए गाउँ समाजको काममा खटिने शर्तमा घोडा किनेर सेवा दिन पाउँछन् । स्थानीय गुरुङका अनुसार मुक्तिनाथमा रुकुम,रोल्पा,धादिङ र बाग्लुङ लगायतका जिल्लाबाट उल्लेख्य युवाहरु घोडाबाट तीर्थयात्री ओसार्ने काममा लागेका छन् । स्थानीय गुरुङका अनुसार स्थानीयलाई पनि वैकल्पिक आम्दानी, घोडाहरुको संरक्षण र जिल्ला बाहिरका युवाहरुलाई समेत रोजगारी प्राप्त भएको छ । मुक्तिनाथमा झन्डै एक सयको हाराहारीमा युवाहरुले घोडाबाट तीर्थयात्री पु¥याउने कार्यमा परिचालित रहेका छन् । यीनै युवाहरु जसले तीर्थयात्रीहरुलाई डोलीमा चढाएर मुक्तिनाथ पु¥याउने सेवा पनि दिने गरेका छन् । डोलीमा बोकेर तीर्थयात्रीलाई मन्दिर पु¥याएको प्रतिव्यक्ति नेपालीलाई पाँच हजार रुपैया र भारतीय पर्यटकलाई  भारु चार हजार रुपैया शुल्क लिने गरिएको छ ।

 मुक्तिनाथमा घोडाबाट तीर्थ यात्रीलाई सेवा दिन घोडा समिति बनाईएको छ । समितिमा आवद्ध सबै घोडाहरु प्रत्येक दिन बिहान ७ बजे समितिमा हाजिर हुनुपर्छ । समितिमा हाजिर भएपछि मात्रै घोडाबाट तीर्थयात्री बोक्न पाईने नियम छ । तोकिएको समय भित्र घोडासहित उपस्थित नभएमा उक्त व्यक्तिले त्यो दिनमा घोडामा तीर्थ यात्री बोक्न नपाईने प्रावधान छ ।  दैनिक रुपमा कसैले घटीबढी नगरी दिनभरी घोडाबाट तीर्थयात्री ओसारेको आम्दानी बराबर भाग लगाएर बाडिन्छ । घोडाको पालो कम भएकाले पैसा थपेर सबैले बराबर पैसा पाउँने गरेको घोडा व्यवसायी गुरुङ बताउँनुहुन्छ ।

 मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले घोडाबाट तीर्थयात्री ओसार÷पोसार गर्ने सेवाले वारागुङ मुक्तिक्षेत्रमा घोडाहरुको संरक्षण भईरहेको बताउँनुभयो ।‘एकातीर मुक्तिनाथ उक्लिन नसक्ने पर्यटकहरुका लागि सेवा भएको र अर्कोतर्फ वैकल्पिक रोजगारीका साथै परम्परागत घोडाहरुको संरक्षण भएको छ,पर्यटन व्यवसायी गुरुङले भन्नुभयो,‘ मुक्तिनाथमा घोडाले तीर्थयात्री ओसार्ने विकल्प नभएको भए यहाँ परम्परागत घोडाहरु लोप हुने अवस्था रहन्थ्यो, अहिले चाडपर्वमा घोडाहरु जुटाउन कुनै समस्या छैन ।’’

मुस्ताङमा यार्तुङ, तिजी,धज्याङ लगायतका विभिन्न चाडपर्वहरुमा घोडाको आवश्यक पर्ने गर्छ । हिमाली संस्कृति र मौलिकतामा यहाँका घोडाहरुको महत्व र योगदान निकै ठुलो हुने गरेको जनप्रिय युवाक्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले उल्लेख गर्नुभयो । घोडा बिनाको चाडपर्व कल्पना गर्न नसकिने भएकाले हिमाली क्षेत्रको संस्कृति जोगाउन घोडाको आवश्यकता पर्ने अध्यक्ष ठकुरीले बताउँनुभयो । अध्यक्ष गुरुङले यहाँ सदिंयौदेखि पालिएका घोडाहरु सडकको विकासले चुनौति थपिएको भएपनि घोडाबाट तीर्थयात्री बोक्ने सेवाले स्थानीयलाई घोडा पाल्न बाध्य गरेको बताउँनुभयो ।


प्रतिक्रिया