जोमसोममा आगलागी नियन्त्रण सम्वन्धि कृतिम अभ्यास

यहाँको घरपझोङ गाउँपालिका—३ स्थित पुथाङ एयरपोर्ट जोमसोममा शनिबार संम्भावित आगलागी घटना सम्वन्धि जनचेतना जगाउँन कृतिम अभ्यास गरिएको छ । जोमसोम र पुथाङ एयरपोर्ट बजारका पर्यटन व्यवसायी लगायतलाई लक्षित गरी आगलागीका घटनाबाट सुरक्षित रहने उपाय सम्वन्धि जानकारी दिने उद्देश्यले कृतिम अभ्यास प्रर्दशन गरिएको हो ।

होटल एशोसियसन नेपाल (हान) मुस्ताङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र जोमसोम नागरिक उड्यन कार्यालय मुस्ताङको सयुक्त समन्वय र सहकार्यमा  यहाँ आगलागी सम्वन्धि कृतिम अभ्यास गरिएको हो ।

घरायसी भान्सामा प्रयोग हुने ग्यास सिलिन्डर चुहावटबाट हुनसक्ने आगलागी र सोको नियन्त्रणका उपाय र पेट्रोलबाट हुनसक्ने संम्भावित आगलागीका घटना नियन्त्रणमा लिने उपाय सम्वन्धि पर्यटन व्यवसायी तथा स्थानीय नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले आगलागी घटना कृतिम अभ्यास कार्यक्रम आयोजना गरिएको होटल एशोसियन नेपाल (हान) मुस्ताङका अध्यक्ष बिमला शेरचनले जानकारी दिनुभयो । हान अध्यक्ष शेरचनले आगलागी घटना सम्वन्धि सबैका लागि लाभदायी हुने यसप्रकारको कार्यक्रम तल्लो मुस्ताङदेखि माथिल्लो मुस्ताङसम्म लैजाने योजना रहेको बताउँनुभयो ।

‘कतिपय कुराहरु नजान्दा र नबुझ्दा संम्भावित आगलागी घटनाहरुले ठुलो विपद् सृजना गर्छ,धेरै मानिसहरु घरायसी चुल्होचौकामा ग्याँस र बिद्युतबाट हुने आगलागी घटनाबाट पीडित भईरहेका पनि छन्, अध्यक्ष शेरचनले भन्नुभयो,‘ यहाँको यसप्रकारको कृतिम अभ्यासको सिकाईले भान्सामा ग्याँसबाट उत्पन्न हुने आगलागी नियन्त्रण आफैलाई समाधान गर्ने गरी सिकाउने प्रयास गरेका हौं ।’

जोमसोम नागरिक उड्यन कार्यालय जोमसोम,मुस्ताङको उद्दार तथा अग्नि निवारण शाखाका प्रमुख सुरज नगरकोटी र लक्ष्मण श्रेष्ठले पेट्रोलबाट आगलागी हुँदा उक्त आगोलाई नियन्त्रणमा लिने उपाय सम्वन्धि कृतिम अभ्यास गराएका थिए । यसैगरी सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म मुस्ताङका सशस्त्रप्रहरी टोलीले घरायसी भान्सामा ग्याँसबाट हुने आगलागी घटना नियन्त्रणमा लिने उपाय सम्वन्धि कृतिम अभ्यासको सहजीकरण गरेको होटल एशोसियसन नेपाल (हान)का अध्यक्ष शेरचनको भनाई छ ।

 नागरिक उड्यनका उद्दार तथा अग्नि निवारण शाखाका प्रमुख सुरज नगरकोटीले जोमसोम र एयरपोर्टका पर्यटन व्यवसायी र स्थानीय नागरिकहरुलाई आगलागी कसरी हुन्छ?,आगलागी कसरी नियन्त्रणमा लिने ? र आगोलागीका प्रकार सम्वन्धि सचेतनासहित कृतिम अभ्यास गरी जानकारी प्रदान गरिएको बताउँनुभयो ।

 कृतिम अभ्यासमा ग्याँस चुहावट भई आगलागी हुँदा तुरुन्तै आगलागी नियन्त्रणमा लिन दुई प्रकारका विधिहरु सिकाईएको थियो । ग्याँस चुहावट भई आगलागी भएमा सर्वप्रथम बाल्टिनको सहायताले ग्यासको माथिल्लो भाग पुरै छोपेर अक्सिजन प्रवाह नहुँने गरी निभाउन सकिने जानकारी दिईएको थियो ।

 यसैगरी ग्यास चुहावट भई आगलागी हुँदा  तुरुन्तै ब्ल्याङ्केट वा कुनै कपडाको सहायताबाट ग्याँसको माथिल्लो भागमा हावा नछिर्ने गरी बन्द गर्दा आगो नियन्त्रणमा लिने सकिने बारेमा जानकारी गराइएको थियो ।

यसैगरी पेट्रोलियम पदार्थमा अचानक आगोलागी भएको अवस्थामा तुरुन्तै  अग्नि समन यन्त्र अर्थात (फायर ईक्सटिङसर)को सहायताले आगो नियन्त्रणमा लिने सकिने उपायबारेमा कृतिम अभ्यास गरिएको थियो ।

प्रतिक्रिया