जोमसोम ।
राष्ट्रिय करदाता दिवस २०८२ को अवसरमा मुस्ताङबाट अमित बिल्डर्स उत्कृष्ट करदाता घोषित भएको छ । हिमाली जिल्लाको कठिन भूगोलमा रहेर विकास निर्माणका महत्वपूर्ण योगदान पु¥याउँदै राष्ट्रलाई समयमानै सबैभन्दा बढि कर दाखिला गरी योगदान पु¥याएको उल्लेख गर्दै आन्तरिक राजश्व कार्यालय बाग्लुङले बिहिबार आयोजित कार्यक्रममा दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान अर्पण गरेको हो ।
यहाँको अमित बिल्डर्स कम्पनीले आ.व. २०८०÷०८१ मा सबै भन्दा बढी राजश्व २२ लाख ९२ हजार रुपैयाको योगदान गरेको आन्तरिक राजश्व कार्यालय बाग्लुङका सूचना अधिकारी राजनमणि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बाग्लुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र कार्यालय प्रमुख प्रमोदकुमार श्रीवास्तव लगायतले अमित बिल्डर्सका प्रोपाईटर एवं पूवं संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनलाई दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरिएको कार्यालयका सूचना अधिकारी शर्माले बताउँनुभयो ।

योसंगै यहाँको अमित बिल्डर्स कम्पनी आन्तरिक राजश्व कार्यालय पोखराबाट एक पटक र आन्तरिक राजश्व कार्यालय बाग्लुङबाट तीन पटकसम्म सम्मान भएको हो । जिल्लाको समग्र भौतिक पूर्वाधार विकास तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आईरहेको अमित बिल्डर्सले करिव चार दशकसम्म निरन्तर विकास निर्माणको क्षेत्रमा समर्पित रहेको अमित बिल्डर्सका प्रोपाईटर प्रेमप्रसाद तुलाचनले बताउँनुभयो ।‘जिल्लाको कठिन दुर्गम स्थानमा अमित बिल्डर्सले जिम्मा लिएका हरेक योजनाहरु तोकिएको समय अगावै सम्पन्न गरेकाले जिल्ला भित्र र बाहिर अमित बिल्डर्सको प्रशंसा हुने गरेको छ,’ कम्पनीले अपेक्षा अनुसार मुनाफा कमाउन नसकेपनि राष्ट्र प्रतिको योगदानलाई प्रमुख प्राथमिकता राखेको छ,’ प्रोपाईटर तुलाचनले भन्नुभयो,‘ अमित बिल्डर्स बाहेक अरुले अलपत्र छाडेका योजनाहरुलाई समेत अपनत्व लिएर अवरुद्ध विकासलाई निकास दिदैआईरहेको छ, हामी जिल्लाको समृद्धि र विकासमा पूर्ण रुपमा समर्पित रहँदै आईरहेका पनि छौं ।’
प्रोपाईटर तुलाचनले जिल्लाको विकास निर्माणको ठेक्का आह्वान हुँदा लामाहरु राखेर अमित बिल्डर्सलाई ठेक्का परिदिए हुन्थ्यो भन्ने मान्यता राखेर पुजापाठ गर्ने गरेको सुनाउँनुभयो ।
यसैगरी राष्ट्रिय करदाता दिवसका अवसरमा बाग्लुङबाट ग्रीन डेभलपमेन्ट लिमिटेड,पर्वतबाट दी क्लीप प्रा.लि. र म्याग्दीबाट घलेन्दी हाईड्रो लिमिटेड पनि सोही समारोहमा जिल्लाको उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको आन्तरिक राजश्व कार्यालय बाग्लुङले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली