मुस्ताङ, १३,असोज ।
हिमाली जिल्ला मुस्ताङमा धार्मिक परम्परा अनुसार बडा दसैं फूलपाती भित्र्याईएको छ । यहाँ स्थित नेपाली सेनाको ईन्द्र बक्स गण, सशस्त्र प्रहरी बल ३३ नं. गुल्म र जिल्ला प्रहरी कार्यालयले आज आश्विन शुल्क सप्तमीका दिन यहाँको जोमसोम स्थित गणेश मन्दिरबाट पुजाअर्चना र सलामीसहित आ—आफ्नो शक्तिपीठमा सैनिक बाँजागाँजासहित फूलपाती डोली भित्र्याएका हुन् ।
यसअघि यहाँका जोमसोम स्थित नेपाली सेनाको ईन्द्रबक्स गणबाट नेपाली सेनाको टोली नवरात्रको पहिलोदिन घटस्थापनामा राखिएका फूलपातीलाई सैनिक बाँजागाजासहित जोमसोम स्थित गणेश मन्दिरमा पु¥याएको थियो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म र जिल्ला प्रहरी कार्यालय मुस्ताङले पनि घटनास्थापनामा राखिएको फूलपातीलाई गणेश मन्दिरमा पु¥याएको थियो । यसरी यहाँ सुरक्षा निकायले गणेश मन्दिर पु¥याईएको फूलापातीलाई नेपाली सेनाका पुरोहित लक्ष्मण अर्यालले पुजाआजा गर्नुभएको थियो । फूलपाती पुजाअर्चनाका लागि पुरोहित लक्ष्मण अर्यालबाट ईन्द्र बक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँण ठकुरील करिव एक घण्टा बढप् विशेष पुजाअर्चना गर्नुभएको थियो ।
फूलपातीको हिन्दु धार्मिक परम्परा अनुसार पुरोहितले विशेष पुजापाठ सकिएपछि प्रमुख सेनानी खाँण ठकुरीले तीन वटै सुरक्षा निकायका अगल÷अलग फूलपातीको डोलीलाई सलामी अर्पण गर्न आह्वान गर्नुभएको थियो ।
नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले दसैंको फूलपाती डोलीलाई भगवती सलामी,भगवान सलामी, देवीदेवता सलामी,नवदुर्गा सलामी र मुक्तिनाथ सलामी अर्पण गरेका थिए ।
फूलपाती भित्र्याउने कार्यक्रममा ईन्द्र बक्स दलगणका गणपति प्रमुख सेनानी गौरवध्वज खाँण ठकुरी र जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी छिरिङ किप्पा लामा लगायत ३ वटै सुरक्षा निकायको उपस्थिति रहेको थियो ।
ईन्द्र बक्स गणका पुरोहित लक्ष्मण अर्यालले फूलपाती भित्र्याउने कार्यक्रमले दशैं पर्व विधिवत शुभारम्भ भएको सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार नवरात्र अवधिभर नवदुर्गा भवानीको नियमित पुजाआजा हुने, नवपत्र अर्थात नौ प्रकारका वस्तु मिश्रण गरिएको फूलपाती नजिकैको शक्ति पीठमा पुजाआजा गरेपछि पुनः आआफ्नो स्थानमा भित्र्याउने प्रचलन रहेको छ । मुस्ताङमा सेना,सशस्त्र र प्रहरीले आ—आफ्नो दुर्गा मन्दिरमा फूलपाती भित्र्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।
फूलपातीमा धान,हलेदोको पात,उखुको पात,वेलपत्र, केराको पात,अदुवा,कुभिन्डो केराल आदी नौ प्रकारको वस्तु समावेश गरिएको हुन्छ । नवरात्र सुरु भएदेखि नियमित आ—आफ्नो स्थानको दुर्गा मन्दिरमा फूलपातीको नियमित पूजाआजा गरिन्छ ।
यसरी नवरात्रको आठौं दिन कालरात्रीको पुजा हुने र कालरात्रीमा कालो बोको बली दिने चलन छ । यस्तै, नवमीमा नवमी पुजा हुने र दशैं पर्वको दिन देवीलाई पूmलपाती विर्सजन गरिने गरिन्छ ।
विभिन्न कारणले दशैं पर्वमा आफ्नो घर जान नपाएका ३ वटै सुरक्षा निकायका सैनिक तथा प्रहरीहरूले आफ्नो स्थानबाट दशै टिका ग्रहण गर्ने गर्छन् । मुस्ताङको जोमसोममा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाँजागाँजासहित फूलपाती भित्र्याउने कार्यक्रमलाई जोमसोमका स्थानीय नागरिक र पर्यटकले निकै उत्सुकतापूर्वक अवलोकन गरेका थिए ।
यसैगरी बडा दशै फूलपातीको अवसरमा मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथमा सोमबार बिहान विशेष पुजा सम्पन्न भएको मुक्तिनाथ विकास समितिका प्रतिनिधि रविन सुवेदीले जानकारी दिए । मुक्तिनाथमा पुजारी कृष्णप्रसाद सुवेदीले नवदुर्गा भवानीको विशेष पूजा गरेका उहाँले बताउँनुभयो ।
बडा दशैंको दिन विभिन्न कारणले दशैं टिका लगाउन नपाएका सर्वसाधारणहरूलाई पुजारी कृष्णप्रसाद सुवेदीले टिका र जमरा लगाएर आर्शिवाद दिने कार्यक्रम रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली