मुस्ताङको घरपझोङ अध्यक्ष लालचन र पर्यटक प्रहरी बनबरियालाई सम्मान

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र पर्यटक प्रहरी प्रहरी सहायक निरीक्षक चन्द्रेश्वर बनबरिया सम्मानीत भएका छन् । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय,पर्यटन विभाग अन्तर्गत पर्यटक प्रहरीको ४५ औं स्थापना दिवसको अवसरमा पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपले उनीहरुलाई विेशेष सम्मान गरेको जनाईएको छ ।

पर्यटक प्रहरी दिवसका अवसरमा विभिन्न व्यक्ति र पर्यटक प्रहरीलाई सम्मान गर्ने क्रममा घरपझोङ अध्यक्ष लालचन र पर्यटक प्रहरी बनबरियालाई पनि सोही समारोहमा  संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती मार्फत सम्मान गरिएको पर्यटक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवरले जानकारी दिए । दिवसमा पर्यटक प्रहरी सेवामा समर्पित र योगदान दिने् विशिष्ट व्यक्तीलाई प्रमाणपत्रले सम्मानीत गरिएको हो ।

 मुस्ताङ सडक संञ्जालले जोडिएसंगै २०७० सालदेखि पर्यटक प्रहरी कार्यालय स्थापना गरिएको थियो । हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकहरुको सेवाका लागि स्थापना भएको पर्यटक प्रहरी कार्यालय लामो समय देखि व्यक्तीको भाडाको घरमा बसेर कार्यालय संञ्चालन गरिएको थियो । पर्यटक प्रहरीको आफ्नै भौतिक संरचना नहुँदा विभिन्न समस्या र चुनौती थिए ।

यसैका कारण पर्यटक प्रहरी कार्यालय मुस्ताङको भौतिक संरचना निर्माण गर्नका लागि जग्गा उपलब्ध गराउने,आवश्क समन्वय र सहकार्य गरी पर्यटक प्रहरीलाई सहयोग गरिएको भन्दै घरपझोङका अध्यक्ष लालचनलाई विशेष सम्मान गरिएको हो ।

यसैगरी पर्यटक प्रहरी कार्यालयका लागि जग्गा उपलब्ध गराउन कार्यालयको तर्फबाट उल्लेखनीय योगदान पू¥याएवापत पर्यटक प्रहरी  बनबरियालाई पर्यटक प्रहरीको प्रधान कार्यालयले विेशेष सम्मान गरेको हो । 

मुस्ताङ सदरमुकाम जोमसोममा पर्यटक प्रहरी कार्यालयको भौतिक संरचना निर्माणका लागि एक रोपनी जग्गा उलब्ध गराईएको छ । स्थानीय तह,प्रशासन,मालपोत,नापी लगायतका कार्यालयको संयुक्त पहलमा कार्यालयका लागि नेपाल सरकारको नाममा लालपुर्जा समेत प्राप्त भईसकेको छ । अब सो जग्गा लिज प्रक्रिया मार्फत पर्यटक प्रहरी कार्यालयले भोगचलन गर्ने बताईएको छ ।


प्रतिक्रिया