जोमसोम ।
उत्तरी चिनसंग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित पर्खालले घेरिएको माटोको सहरका रुपमा परिचित लोमान्थाङमा संङ्ग्रहालय स्थापना गरिएको छ । यहाँका स्थानीय जनप्रतिनिधि छेवाङ रिनजिन गुरुङले व्यक्तिगत लगानीमा त्यहाँ संङ्ग्रहालय स्थापना गर्नुभएको हो ।
उपल्लो मुस्ताङ स्थित पर्खालले घेरिएको माटोको सहर लोमान्थाङको विगत र बर्तमान अवस्थामा भईरहेका विद्यमान परिवर्तित विकासलाई त्यहाँ पुग्ने पर्यटक माँझ पस्किन लोमान्थाङका वडासदस्य छेवाङले संङ्गहालय स्थापना गरेका हुन् । त्यहाँ वडासदस्य छेवाङले आफ्नो पूर्वजले बनाएको दुई सय वर्ष पुरानो ढुंगा र माटोले निर्मित पुरानो दुई तलाको घरमा संङ्ग्रहालय स्थापना गर्नुभएको हो ।
उपल्लो मुस्ताङमा बर्सेनि विदेशी पर्यटकले महंगो शुल्क तिरेर त्यहाँ जाने गर्छन । पछिल्लो समय सडक सहज भईसकेकाले नेपाली स्वदेशी पर्यटक पनि उल्लेख्य मात्रामा उपल्लो मुस्ताङ घुम्न पुग्छन् । तर, त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले लोमान्थाङको ऐतिहाँसिकता,धर्म,संस्कृति र परम्पराको बारेमा खासै जानकारी हासिल गर्न सक्तैनन् । यसर्थ उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकलाई त्यहाँ पर्खालले घेरिएको लोमान्थाङको पर्याप्त जानकारी उपलब्ध गराउने उद्देश्यले वडासदस्य छेवाङले संङ्ग्रहालय स्थापना गरेको बताउँनुहुन्छ ।
सन् १९९२ पछि उपल्लो मुस्ताङमा धेरै विकासका नमूनाहरु कोरिएको सग्रालय संञ्चालन छेवाङले उल्लेख गर्नुभयो । ‘ यहाँ पाँच सय वर्षमा हुन नसकेको विकास पछिल्लो ३० वर्षमा भएको छ,’ यहाँ सडक,बिजुली,ईन्टरनेटका सुविधाहरु जोडिएका छन्,’ सञ्चालक वडासदस्य छेवाङले थप्नुभयो,’’ यहाँ लोमान्थाङको पहिलेको जिवनशैली र बर्तमानको जिवनशैलीलाई अहिलेको पुस्तालाई देखाउन र पर्यटकलाई परिवर्तित लोमान्थाङको सचित्र उजागर गर्ने गरी संङ्ग्रहालयमा त्यसका तस्विरहरु राखिएको छ ।’
पर्खालले घेरिएको लोमान्थाङ भित्र दर्जनौं पुराना ढुंगा र माटोले बनेका ऐतिहाँसिक गुजमुच्च एकआपसमा जोडिएका परम्परागत घरहरु अवस्थित छन् । त्यही पुराना घरहरुमा त्यहाँ जाने पर्यटकले पहिलेपहिले रात कटाउँथे । अहिले त्यस्तो अवस्था नरहेको वडा सदस्य छेवाङको भनाई छ । लोमान्थाङमा आधुनिक घरहरु निर्माण हुँदै गरेको र पर्यटकका लागि भीआईपी होटलहरु सञ्चालनमा रहेको उहाँले बताउँनुभयो । यहाँ संङ्ग्रहालयमा पर्यटकलाई विगत र बर्तमान लोमान्थाङको परिवर्तीत अवस्थालाई सङ्ग्रहालय अवलोकनबाट सबै कुरा जानकारी प्राप्त हुने बताउँनुभयो ।
यहाँको हिउँदयाम र बर्खायाममा हुने मौसम परिवर्तन र जिवन शैलीको थुप्रै तस्विरहरु संङ्ग्रहालयमा व्यवस्थापन गरेका छन् । यहाँका कृषि,पशुपालक,चाडपर्व,ऐतिहाँसिक तथा धार्मिक सम्पदाहरुको तस्विर ग्यालरी संङ्ग्रहालयमा पुगेर अवलोकन गर्न पाईने वडासदस्य छेवाङले जनाउँनुभयो ।
लोमान्थाङको ऐतिहाँसिक तिजी र यार्तुङ लगायतका विभिन्न चाडपर्व मनाउने प्रचलन र तरिकाहरुलाई संङ्ग्रहालयमा समेटिएको उहाँले बताउँनुभयो । ‘यहाँको महत्वपूर्ण चाडपर्व अवलोकन गर्न नसकेका पर्यटकले यहाँबाट धेरै कुरा जानकारी प्राप्त हुन्छ,’ यसले यहाँ आईपुग्ने पर्यटक तथा विभिन्न खोजअनुसन्धान गर्नेका लागि पनि संङ्ग्रहालय उपयोगी बन्न सक्नेछ—उहाँले भन्नुभयो ।’
छेवाङले संग्रालय भित्र सदिंयौ वर्ष पहिले प्रयोग हुने भाडावर्तन, खेतीपातीमा प्रयोग हुने घरेलु औजार,पुजाका समाग्रीहरु लगायतका समानहरु सजाईएका छन् ।
निकै लामो समय युरोप बसेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने हेतुले पूख्र्यौली थलो लोमान्थाङ फर्किएका छेवाङ सामाजिक अभियान्ताका साथै पर्यटन पथप्रर्दशक पनि हुनुहुन्छ । उहाँ लोमान्थाङ—५ को वडासदस्यमा निर्वाचित भएपछि त्यहाँका विकास र समृद्धिका लागि लागिपर्नु भएको छ ।
गाउँठाउँमै बसेर केही आयआर्जन गर्न सकिन्छ भनेर अरुले गर्न नसकेको फरक खालको व्यवसाय सुरु गरेको वडासदस्य छेवाङ बताउँनुहुन्छ । उहाँले संङ्ग्रहालयमा उपल्लो मुस्ताङ लेन्ड स्कीप तस्विर र जैविक विविधता लगायतका तस्विर ग्यालरी राखेको बताउँछन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ आउने पर्यटकहरुले लोमान्थाङको विगत र बर्तमान अवस्था, मुस्ताङी राजाको दरबार, सांघुरो गल्ली,पर्खालले घरिएको माटोको सहर लोमान्थाङ, यहाँका गुम्बा,मार्ने,छोर्तेन लगायतका तस्विरहरु संङ्ग्रहालय भित्र राखिएको छेवाङले बताउँनुभयो ।
छेवाङले भदौं एक गतेदेखि लोमान्थाङमा संङ्ग्रहालय स्थापना गर्नु भएको हो । त्यसो त लोमान्थाङमा आमची घ्याचो बिष्टको आयुर्वेद पृथक सङ्ग्रहालय पनि छ । छेवाङले स्थापना गरेको संङ्ग्रहालय परिवारका सदस्यहरुले आलोपालो गरी चलाउने गरेको जानकारी दिनुभयो । यहाँ अवलोकन गर्ने स्वदशी तथा विदेशी पर्यटकलाई अवलोकन शुल्क वापत दुई सय रुप शुल्क उठाउन गरेको वडासदस्य छेवाङले बताउँनुभयो । तर, स्कुल र क्याम्पसमा पढ्ने विद्यार्थीहरुका लागि परिचय पत्र देखाएमा निःशुल्क अवलोकन गर्न पाउँने व्यवस्था गरिएको वडासदस्य छेवाङको भनाई छ । संङ्ग्रहालयका लागि स्थानीय पालिकामा संस्था दर्ता भईसकेको उहाँले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता