मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी

बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मत प्राप्त गरी विजयी हुनु भएको छ । कांग्रेस उम्मेदवार थकालीले नेकपा (एमाले)का उम्मेदवार ईन्द्रधार ढाडु बिष्टलाई एक हजार ५०४ मतान्तरले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनु भएको हो ।

 यसैगरी कांग्रेसका विजयी उम्मेदवार योगेश गौचन थकाली फराकिलो मतान्तरले विजय हुँदा एमालेका उम्मेदवार ईन्द्रधार ढाडु बिष्टले एक हजार ८०३ मत प्राप्त गर्नुभयो ।

 यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएको छ ।

 यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कमला लालचनले १६१ मत, नपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार ङुटुक गुरुङ (टाईगर)ले १५१ मत,उज्यालो नेपाल पार्टीका डा.सुरेन्द्र शेरचनले ८५ मत, आम जनता पार्टीका उम्मेदवार अजय बिकले ९ मत र मंगोल नेशनल अर्गानाईजेशनका उम्मेदवार यमबहादुर गुरुङले ३ मत प्राप्त गर्नुभएको छ ।

 मुस्ताङका पाँच स्थानीय तहका ३९ मतदान केन्द्रमा एघार हजार ३२८ मतदाता रहेकोमा ६२९८ मत अर्थात (५६.४७) प्रतिशत मत खसेको थियो । जसमध्ये १०७ मत बदर भएको छ ।


प्रतिक्रिया