पोखरामा थासाङ थकाली सेवा समाजको पाँचौं महाधिवेशन सम्पन्न,अध्यक्षमा चन्द्रबहादुर निर्विरोध

पोखरा— थासाङ  थकाली सेवा समाजको केन्द्रिय अध्यक्षमा चन्द्रबहादुर थकाली निर्वाचित भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरा स्थित होटल लेगेसीमा आईतबार आयोजित समाजको दशौंं केन्द्रिय साधारण सभा तथा पाँचौं महाधिवेशनले थकालीलाई सर्वसम्वत अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

थासाङ थकाली सेवा समाज अन्र्तगत घरपझोङ गाउँपालिका जोमसोम मुस्ताङ क्षेत्रद्धारा पोखरामा पाँचौं  महाधिवेशन आयोजना गरिएको हो ।समाजको नवनिर्वाचित अध्यक्ष थकाली नेपाल रेडक्रस सोसाईटी मुस्ताङका शाखाका सभापती एवं नागरिक समाजका अगुवा हुन् । उनी विभिन्न संघ÷संस्थामा रही महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । यसअघि उनी थासाङ थकाली सेवा समाज केन्द्रको सचिवमा पदमा थिए ।

केन्द्रिय थासाङ थकाली सेवा समाजको पाँचौ महाधिवेशनले जोमसोमका चन्द्रबहादुर थकालीको अध्यक्षमा एघार सदस्ययीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।समाजको पदाधिकारीतर्फ वरिष्ठ केन्द्रिय उपाध्यक्षमा यमप्रसाद थकाली,उपाध्यक्ष ९महिला० मिरा थकाली,कोषाध्यक्षमा घराना थकाली,महासचिव बिष्णु थकाली,सहसचिव भिषण थकाली निविरोध भए । यसैगरी सदस्यमा  प्रमिता थकाली, रत्नसिंह थकाली र जीवन थकाली चयन भएका छन् ।

थासाङ थकाली सेवा समाजको केन्द्रिय सल्लाहाकारमा जयन्द्रलाल थकाली,पूर्णलाल थकाली,महेन्द्रबहादुर थकाली,कैलाशबहादुर थकाली र शक्तिप्रसाद थकालीलाई चयन गरेको हो । समाजको  दुई जना पदेन सदस्य पछि अध्यक्षले मनोनित गर्ने बताईएको छ । महाधिवेशनको बन्द शत्रले एकजना वरिष्ठ उपाध्यक्षको पद सृजना गरेको छ । बन्द शत्रमा आर्थिक, सांगठनिक तथा नीतिगत प्रस्तावहरु सर्वसम्वत पारित भएको छ । बन्द शत्रमा सहभागिहरुले संस्थालाई गतिशील बनाएर लैजानु पर्नेमा जोड दिएका थिए ।

यसअघि नयाँ पदाधिकारी चयनका  कैलाशबहादुर थकालीको संयोजकत्वमा ६ सदस्ययीय निर्वाचन कमिटी गठन गरिएको थियो । थासाङ थकाली सेवा समाज मुस्ताङ,पोखरा,काठमान्डौं,भैरहवा लगायतको क्षेत्रका समाजका सदस्य तथा पदाधिकारी महाधिवेशनमा उपस्थित भएका थिए । अधिवेशनले यसै कार्यकालदेखि लागु हुँने गरी सबैको पायक र सहज हुँने मनसायका साथ मुस्ताङ,पोखरा र काठमान्डौं क्षेत्र कायम गरेको बताईएको छ । केन्द्रिय थासाङ थकाली सेवा समाजको कार्यकाल ४ वर्षको हुँने विधानमा उल्लेख छ ।

यसअघि थासाङ थकाली सेवा समाजको केन्द्रिय महाधिवशेनको नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य एवं समाजसेवी ङुटुक गुरुङ ९टाईगर० र गण्डकी प्रदेशका पूर्व सांसद महेन्द्रबहादुर थकालीले उद्घाटन गरेका थिए । माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवं समाजसेवी गुरुङले थासाङ थकाली सेवा समाजको महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे । उनले जातीय पहिचानले मात्र संविधानमा उल्लेखित हकअधिकार सुनिश्चित हुँने भएकाले उक्त अधिकारलाई प्राप्त गर्न मिलेर अघि बढ्नु पर्ने बताए ।

गण्डकी प्रदेशका पूर्व सदस्य महेन्द्रबहादुर थकालीले आपसी सद्भाव र एकताले गन्तब्यमा पुग्न सकिने बताए । थासाङ थकाली सेवा समाज विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता भईसकेको उल्लेख गर्दै पूर्व सांसद थकालीले थासाङ थकाली सेवा समाजलाई जनजाती महासंघमा सूचिकृत गर्नका लागि पहलहरु भईरहेको बताए । कार्यक्रममा समाजका विभिन्न वक्ताहरुले संस्थालाई गतिशील र बलियो बनाउन निरन्तर सहकार्य आवश्यक हुँने सुझाए ।

 थासाङ थकाली सेवा समाजको भवन निर्माण प्रयोजनका लागि निःशुल्क जग्गादान गर्ने घरपझोङ—५ ढुम्बाका ङुटुक गुरुङ ९टाईगर० र संघका केन्द्रिय संस्थापक अध्यक्ष पथबहादुर थकालीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । यसैगरी संस्थाको महाधिवनेशका लागि भोजन र हल निःशुल्क प्रदान गर्ने घराना थकाली दम्पतीलाई विेशेष सम्मान गरिएको थियो ।


प्रतिक्रिया