यहाँको माथिल्लो मुस्ताङ स्थित ‘छुआमा’ हिमालको पहिलो पटक पर्वतारोहण भएको छ । दक्षिण कोेरियाली तीन विदेशी पर्यटकसहित ८ जनाको आरोहण टोलीले नाभेम्बर २ तारिखिमा ६२६८ मिटर उचाईमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ ।
यहाँको माथिल्लो मुस्ताङ स्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका—४ स्थित नाम्डो गाउँबाट माथिको ५४८० मिटर उचाईको छुआमा आधार शिविर हुँदै चढ्नु पर्ने हुन्छ । दक्षिण कोरियाली पर्यटक किम डोङजिन,नाम्योङ र äिनचुल र ५ जना नेपाली पर्यटक गाईडहरुले छुआमा आधार शिविर हुँदै ‘छुआमा’ तेस्रो चचुराको सफलतापूर्वक पर्वतारोहण गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।
पहिलो पटक उपल्लो मुस्ताङमा अवस्थित तीन वटा छुआमा शिखर मध्ये छुआमा तेस्रो शिखरको आरोहण गरी कोरियाली टोली त्यहाँबाट लोमान्थाङ फर्किएको एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाई छ । नोभेम्बर २ तारिखको बिहान २ बजे ‘छुआमा आधार शिविरबाट प्रस्थान गरेको पर्वतारोहण टोली १० घण्टापछि छुआमा चुचुरामा पुगेको थियो ।
यहाँको उपल्लो मुस्ताङबाट पहिलो पटक विदेशी नागरिकले ‘छुआमा ’ हिमाल चुचुराको पर्वतारोहण गरेको एक्याप लोमान्थाङले जनाएको छ । यसअघि ‘छुआमा’ हिमाल पर्वतारोहणका लागि अक्टोबर १८ तारिखमा ट्रेकिङ क्याम्प नेपालको टोलीले स्थलगत निरीक्षण गरेको एक्याप लोमान्थाङको भनाई छ ।
पहिलो पटक यहाँको छुआमा हिमालको सफलतापूर्वक पर्वतारोहण गरी फर्किएका तीन जना कोरियाली टोलीले पर्यटन मन्त्रालय र पर्यटन बिभागबाट अक्टोबर १४मा आरोहरण अनुमति लिएका थिए । चचुरामा पुगेर फर्किएको टोलीलाई एक्याप लोमान्थाङले खाँदा लगाएर सम्मान गरेको छ ।
पहिलो पटक यहाँ अवस्थित छुआमा हिमालको पर्वतारोहणसंगै माथिल्लो मुस्ताङको पर्यटन प्रर्वद्धन तथा माथिल्लो मुस्ताङको हिमाल पर्वतारोहणको सुरुवातले पर्यटन प्रर्वद्धनमा ठुलो सहयोग पु¥याउने विश्वास गरिएको एक्याप प्रमुख पौडेलले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली