अन्तरक्लव आर्चरी प्रतियोगिताको उपाधि फाईप स्टार युथलाई

मुस्ताङमा आयोजित अन्तरक्लव स्तरीय प्रथम झारकोट ब्रदर्शहुट आर्चरी प्रतियोगिता२०८३ को उपाधी फाईप स्टार युथक्लव जोमसोमले जितेको छ । वारागुङ मुक्तिक्षेत्र—१ झारकोट आर्चरी खेलमैदानमा शनिबारदेखि दुईदिन सम्म चलेको आर्चरी प्रतियोगितामा फाईप स्टर युथक्लव जोमसोमले प्रतियोगितामा सहभागी सात टोलीलाईपछि पार्दै उपाधि जितको हो ।

 मुस्ताङको थासाङ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत कुल आठ टोलीले कुल उन्नाईस डोरमा १९० अंकको लक्ष्यमा प्रतिस्पर्धा गरिएको थियो । प्रतियोगितामा फाईप स्टार युथक्लव जोमसोमले १६१ अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्दै उपाधी हात पारेको हो । प्रतियोगिताको आर्चरी च्याप्यिन फाईप स्टार युथ जोमसोमले नगद ६० हजार पुरस्कार राशीसहित शील्ड,मेडल र प्रमाणपत्र  पाएको छ ।


 प्रतियोगिता उपविजेता बनेको वारागुङ मुक्तिक्षेत्र—१ स्थित पुराई युथक्लव (ए) मुक्तिनाथले नगद पुरस्कार ४० हजारसहित मेडल र प्रमाणपत्र  पायो । पुराङ युथ क्लव (ए)ले निर्धारित डोरमा  १५६ अंक जोड्दै उपविजेता बनेको हो । यसैगरी आर्चरी प्रतियोगितामा तेस्रो स्थानमा हासिल गरेको  ब्रदर्श युथक्लव घरपझोङ—५ ढुम्बाले नगद पुरस्कार २० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा तेस्रो स्थान बनाउन सफल ब्रदर्श युथक्लवले निर्धारित डोरमा  १५१ अंक जोडेको थियो ।

 यसैगरी प्रथम झारकोट ब्रदर्शहुट आर्चरी प्रतियोगितामा सर्वोउत्कृष्ठ खेलाडी पेम्बा गुरुङ घोषित भए भने प्रतियोगिताको सर्वाधिक खोलर छोम्फेल ठकुरी घोषित भए । सर्वोउत्कृष्ठ खेलाडी र खोलरले नगद पाँच हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र हात पारे ।


 आर्चरी प्रतियोगिताका विजेता क्लवहरुलाई झारकोट गाउँका मुखिया कर्मा गुरुङ र झारकोट गुम्बाका खेम्पो तेम्बा साङ्वो गुरुङले नगद तथा शील्ड ,मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।

 परम्परागत सांस्कृतिक खेलको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक टसी गुरुङले बताउँनुभयो । आर्चरी प्रतियोगिताका माध्यमबाट दक्ष खेलाडी उत्पादन गर्ने तथा स्थानीय युवाहरुलाई संगठित गरी आर्चरी खेलतर्फ आर्कर्षित गर्ने प्रतियोगिताको मुल उद्देश्य रहेको संयोजक गुरुङको भनाई छ ।

 हिमाली क्षेत्रमा खेलिने तारा खेलको विकशित आधुनिक खेलको रुपमा आर्चरी प्रतियोगितालाई लिने गरिएको र यसप्रकारका खेलहरुको प्रवद्र्धन गर्नुपर्ने आवश्यक रहेको संयोजक टसी गुरुङको भनाई छ ।

 परम्परागत सांस्कृतिक खेलको रुपमा खेलिने विकशित आधुनिक खेलको रुपमा आर्चरी प्रतियोगितालाई लिने गरिएको छ । अन्तराष्ट्रिय रुपमा आयोजना हुने यसप्रकारको आर्चरी प्रतियोगितामा दक्ष खेलाडीहरु उत्पादन गर्न स्थानीय स्तरको मोफसलका प्रतियोगिताहरु निकै सार्थक हुने प्रतियोगिता आयोजक टसी गुरुङको भनाई छ ।


प्रतिक्रिया