जोमसोम— शीतोष्ण हिउँदे फलफूल नर्सरी व्यवस्थापन संम्वन्धि तालिम लिन १९ जिल्लाका अगुवा कृषक यतिखेर मुस्ताङमा छन् । मुस्ताङको घरपझोङ—२ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रले उनीहरुलाई आईतबारदेखि ३ दिने हिउँदे फलपूmल संम्वन्धि तालिम दिईरहेको छ ।
मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रले १९ जिल्लाका २३ जना नर्सरीधनी अगुवा कृषकहरुलाई बागवानी केन्द्रमा हिउँदे फलफूल नर्सरी व्यवस्थापन संम्भवन्धि सैद्धान्तिक तथा व्यहारिक तालिम अभ्यास गराएको केन्द्र निमित्त प्रमुख एवं तालिमका सहजकर्ता पद्यनाथ आत्रेयले जानकारी दिए । मुस्ताङमा फलफूल नर्सरी तालिम लिन मुस्ताङ,जुम्ला,सोलुखम्बु र देलखा जिल्लाबाट २—२ जना नर्सरीधनी अगवा कृषक मुस्ताङ तालिम लिन आईपुगेका हुन् । यसैगरी बाग्लुङ,म्याग्दी,गोरखा,मुगु,डोल्पा, कालिकोट, हुम्ला, बैतडी,वाजुरा,डढेलधुरा,रोल्पा ,रुकुम पूर्व,रसुवा, मकवानपुर र आखलढुङ्गाबाट १—१ जना नर्सरीधनी अगुवा कृषक शीतोष्ण फलफूल व्यवस्थापन तालिम लिन मुस्ताङ आईपुगेको बागवानी विकास केन्द्रका कार्यालय निमित्त प्रमुख आत्रेयले उल्लेख गरे ।
तालिममा सहभागी १९ जिल्लाका २३ जना अगुवा कृषकहरुलाई शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूलहरुको गुणस्तरिय विरुवा उत्पादन गर्नका लागि बागवानी विकास केन्द्रमा भएका विभिन्न कृयाकलाप सिकाईनुको साथै सैद्धान्तिक तथा व्यवहारिक तालिम कक्षाहरु संञ्चालन गरिएको केन्द्रका कार्यालय प्रमुख आत्रेयले बताए ।
केन्द्रका निमित्त कार्यालय प्रमुख आत्रेयले देशभरका १९ जिल्लाका २३ जना अगुवा नर्सरीधनी कृषक मुस्ताङ आएर हिउँदे फलफूल नर्सरी व्यवस्थापन संम्वन्धि तालिम लिईरहेको बताए । ‘३ दिनसम्मको तालिममा हामीले सकेसम्म धेरैनै बढी व्यवहारिक अभ्यास तालिम सिकाई रहेका छौं,’उनले भने,‘ मुस्ताङमा सहभागी कृषकहरुलाई फिल्डमै लगेर देखाउने र सिकाउने कार्य गरेका छौं ।’
मुस्ताङको बागवानी विकास केन्द्रमा संञ्चालित हिउँदे फलफूल व्यवस्थापन तालिमको ंसंयोजन केन्द्रका प्राविधिक सहायक भीमसेन भण्डारीले गरेका छन् । तालिममा विशेषत शीतोष्ण फलफूलहरु स्याउ ,ओखर, आरु,आरुवखडा, खुर्पानी कागजी वदाम, अङ्गुर, स्पीट चेरी र हेनल नट लगायतका करिव एक दर्जनी हिउँदे फलफूलको नर्सरी विरुवाहरुको प्रशारण विधि तथा व्यवस्थापन सम्वन्धि तालिम दिईएको तालिमका प्राविधिक संयोजक भीमसेन भण्डारीले जानकारी दिए ।
यसैगरी हिउँदे फलफूल नर्सरी व्यवस्थापन तालिममा शीतोष्ण बागवानी विकास केन्द्रमा भईरहेका नविनतम प्रविधिहरु उच्चघनत्व प्रविधिमा आधारित स्याउ खेतीको लागि विरुवा उत्पादनकार्य कृषकलाई सिकाईएको छ । उच्चघनत्व प्रविधिमा विरुवा उत्पादन गर्दा माउण्ड लेयरिङ, ट्रेन्च लियरिङ र तन्तु प्रजननका विविध पक्षहरुमा कृषकहरुलाई प्रशिक्षण दिईएको छ ।
यसैगरी तालिममा हिउँदे फलफूलको कलमी विरुवा उत्पादनका लागि रुटस्टक तथा सायनको व्यवस्थापन,कलमीका विभिन्न विधिहरु मैनबाट सायन उपचार विधि,टप वर्किङ तथा नर्सरीका रोगकिरा व्यवस्थापन लगायतका विषयमा अगुवा कृषहरुलाई जानकारी गराईएको केन्द्रले जनाएको छ ।
पछिल्लो समय मुस्ताङको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीहरुको महत्वपूर्ण सिकाई केन्द्रको रुपमा स्थापित हुँदै आईरहेको छ । चालु वर्ष केन्द्रमा जिल्ला र जिल्ला बाहिरका कृषहरुलाई यसप्रकारको दर्जनौ तालिम अभ्यास दिईसकेको छ । मुस्ताङमा व्यवसायिक रुपमा स्याउ खेतीको लागि महत्वपूर्ण योगदान दिदै आईरहेको केन्द्रले यहाँ फलफूल तथा तरकारीहरुको उत्पादन तथा बिक्री वितरण समेत गर्ने गरेको छ । जिल्लमा उत्पादन हुने फलफूलहरुको कम गुणस्तर भई सहज रुपमा बिक्री हुन नसकेका स्याऊआरु ,आरुवखडा,खुर्पानी लगायतको प्रशोधन गरी विभिन्न प्रकार बनाएर बिक्री गर्ने गरिएको छ ।
तस्विरः हिउँदे फलफूल नर्सरी व्यवस्थापन तालिम दिदै शीतोष्ण बागवानी विकास केन्द्र । फोटो ः पद्यनाथ आत्रेय
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली