यहाँको घरपझोङ गाउँपालिकामा अवस्थित धार्मिक तथा प्राकृतिक ढुम्बाताल युवा पुस्ताका लागि युवा पुस्ताको आकर्षण मुस्ताङको ढुम्बातालको केन्द्र बन्दै जान थालेको छ । पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकहरु मध्ये अधिकाँश युवापुस्ताका पर्यटकहर यहाँको ढुम्बाताल अवलोकन गर्न पुग्छन् ।
समून्द्री सतहको २८३० मिटरको अग्लो उचाईमा अवस्थित मनमोहक ढुम्बाताल निलगिरि हिमालको फेंदैमा अवस्थित छ । ढुम्बातालको औसत लम्बाई करिव २०० मिटर र चौडाई करिव १०० मिटरको क्षेत्रफलमा फैलिएको छ । उच्च उचाईको स्थानमा रहेको ताल अवलोकन गर्ने बर्सेनि सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु ढुम्बाताल अवलोकन गर्न जाने गर्छन ।
झट्ट हेर्दा पान बुट्टे आकारको यहाँको ढुम्बाताललाई प्रेमको प्रतिक रुपमा पनि परिभाषित गर्ने गरिएको छ। यसैगरी ढुम्बातालको आकारलाई मुटु आकारको तालको रुपमा पनि देख्न सकिन्छ । उच्च उचाईको निकै रमणीय स्थानमा रहेको धार्मिक तथा प्राकृतिक महत्वको जैविक ताल अवलोकन गर्न पछिल्लो समय युवायुवतीहरुको लर्कोनै लाग्ने गरेको छ ।
मुस्ताङ स्थित ठिनी गाउँका स्थानीय युवा निरज थकालीका अनुसार पर्यटकीय महत्वको ढुम्बाताल अवलोकन गर्न युवापुस्ताको आर्कषणको केन्द्र बन्दै जान थालेको बताउँनुभयो । ढुम्बाताल यहाँको कुछ्प तेरङ्गा गुम्बाको धार्मिक तथा ऐतिहाँसिकतासंग जोडिएको थकाली बताउँनुहुन्छ । ६०० वर्ष अघि कुछ्प तेरङ्गाको पाँच रत्न प्रतिस्थापन गर्न कुछ्प तेरङ्गा गुम्बा निर्माण गरिएको थियो । बौद्ध भिक्षु लामा उर्गेन पाल्साङले गुम्बा निर्माण गर्दा गुम्बा रहेको स्थान हात्तिको सुढ जस्तो विशाल पहाड,दाँया बाँया हिमाल र गुम्बा नजिकै जल चढाउने सानो ताल रहेको हुनुपर्ने उल्लेख भए बमोजिम कुछ्प तेरङ्गा डाँडामा गुम्बा निर्माण गरिएको धार्मिक किवदन्तीहरुमा उल्लेख गरिएको स्थानीय थकालीले बताउँनुभयो । ढुम्बातालको पानीलाई पवित्र जलको रुपमा कुछप तेरङ्गा गुम्बाको धार्मिक पुजाअर्चनाकार्यमा चढाईने प्रचलन रहेको स्थानीय थकालीले उल्लेख गर्नुभयो ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम मुख्य राजमार्ग सडकदेखि करिव १५ मिनेटको सहज यात्रा गर्दै पुग्न सकिने यहाँको धार्मिक तथा प्राकृतिक ढुम्बाताल सिमसारको तालको रुपमा लिने गरिएको छ । मुक्तिनाथको दर्शन तथा नेपाल—चिन कोरलानाका अवलोकन गरी फर्किएका पर्यटकहरु यहाँको ढुम्बाताल अवलोकन गर्न छुटाउँदैनन् । काठमान्डौंबाट मुक्तिनाथ दर्शन गर्न आउनु भएका विद्यार्थी पर्यटक अधिती बस्नेतले सेताम्मे हिमऋखंलाको मनमोहक सुन्दर वातावररणमा ढुम्बातालको अवलोकन गर्न पाउँदा मोहित तुल्याएको बताउँनुभयो । प्राकृतिक सम्पदाले भरिएको ढुम्बाताल छुटाउनै नहुँने पर्यटक स्थल रहेको बस्नेतको भनाई छ ।
यसैगरी पोखराका पर्यटक नविन ढकालले प्रतिकूल मौसमका बावजुद मोटरसाईकलको यात्रा गर्दै मुस्ताङ आउँदा केही कष्ठ भएपनि मुस्ताङको सौन्दर्यताले सबै दुखकष्ठ बिर्सन बाध्य बनाएको बताउँनुभयो । मुक्तिनाथ जाने क्रममा पहिलो गन्तब्य ढुम्बाताललाई रोजेको उल्लेख गर्दै पर्यटक बस्नेतले यति राम्रो अधितीय भूगोलमा सानो आकारको सुन्दर तालले गौरान्वित बनाएको उहाँको भनाई छ ।
यस्तै,पहिलो पटक मुस्ताङ भ्रमणमा रहेका काठमान्डौका रविन्द्र बस्नेतले मुस्ताङको भ्रमण बिर्सनै नसकिने क्षण भएको उल्लेख गर्नुभयो । मुक्तिनाथका दर्शन गरी ढुम्बातालको अवलोकन गर्दा यहाँका सुन्दरताले मोहित तुल्याएको उहाँको भनाई छ ।
मुस्ताङको ढुम्बतालबाट निलगिरि हिमाल,धौलागिरि हिमाल,कालिगण्डकी करिडोर,जोमसोम,मार्फा, स्याङ लगायत यहाँको स्याउ बगान निकै आर्कषक देखिन्छ । यहाँ दर्जनौ स्वदेशी तथा विदेशी चलचित्र तथा डकुमेन्ट्री फिल्महरु छायांकन भईसकेका छन् ।
ढुम्बाताल अवलोकनका लागि गुम्बा व्यवस्थापन समितले पर्यटकहरुलाई सशुल्क ताल अवलोकन गर्ने व्यवस्था गरेको छ । ताल वरिवरी रेलिङसहितको सिंढी मार्ग, न्यानो कक्ष,विश्राम स्थल, लभ साईनको फोटो खिच्ने बोर्ड र बालबालिका खेल्ने पिङ लगायतका भौतिक संरचना निर्माण गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली