जोमसोम—प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा एक भारतीय भक्तजनले लाखौ मुल्य बराबरको बहुमुल्य सुनचाँदीबाट बनेको सामाग्री भेटी दान गरेका छन् । भारतको गोवाबाट मुक्तिनाथ दर्शनका लागि आएका भारतीय भक्तजन विश्वजीत प्रताप राठोले आईतबार सुनचाँदीबाट बनेको अलग÷अलग सामाग्री मुक्तिनाथमा चढाएका हुन् ।
भारतीय भक्तजन राठोले आईतबार बिहान मुक्तिनाथ मन्दिरमा आधा केजी सुनबाट बनाईएको दुई थान कमलको फूल आकारको सामाग्री र अर्को साँढे २ केजी चाँदीबाट बनाइएको स्टायण्डसहितको दुई थान शिवलिंङ्गी सामग्री उपहार स्वरुप मुक्तिनाथ मन्दिरमा चढाएको मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार भारतीय भक्तजन राठोले मुक्तिनाथमा सुनबाट बनेको २ थान कमलको फूल र चाँदीले बनेको एक थान शिवलिङ्ग सामाग्री मुक्तिनाथमा चढाएको जानकारी दिएका दिए । सुन र चाँदीले बनेको अलग अलग सामाग्रीको मुल्य औसत ६८ लाख बराबर हुन आउने प्रजिअ भुसालले उल्लेख गरे ।
मुक्तिनाथमा चढाएको उक्त भेटी उपहार व्यवस्थापनका लागि मुस्ताङका प्रजिअ भुसालसहित जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटी, मुक्तिनाथ विकास समितिका सदस्य सचिव सूर्य शर्मा अर्याल र वारागुङ मुक्तिक्षेत्रका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे मुक्तिनाथ पुगेका थिए । भारतीय भक्तजनले चढाएको सुन चाँदीले बनेको उपहार व्यवस्थापनका लागि प्रजिअ भुसालको रोहबरमा मुक्तिनाथका पुजारी र मन्दिरमा कार्यरत आनीको उपस्थिती मुचुल्का उठाएर व्यवस्थित गर्ने निर्णय गरिएको प्रजिअ भुसाले बताए ।प्रजिअ भुसालले मुक्तिनाथमा चढाएको उपहार स्वरुप प्रदान गरिएको सुन र चाँदीको बिल विवरण भारतीय भक्तजन राठोसंग माग गरिएको खुलाए ।
मुक्तिनाथ विकास समिति, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका,सुरक्षा निकाय,पुजारी र आनी सम्मिलित मुचुल्का अनुसार मन्दिरमा चढाएको सुन चाँदीबाट तयार गरिएको उपहार भेटी सामाग्री सुरक्षा संम्वेदनशीलताका कारण जिल्ला प्रहरी कार्यालय मुस्ताङमा व्यवस्थापन गर्ने निर्णय गरिएको प्रजिअ भुसाले उल्लेख गरे । मुक्तिनाथ मन्दिरमै व्यवस्थापन गर्दा सुरक्षा जोखिम हुने सम्भावना भएकाले जिल्ला प्रहरी कार्यालयमा राख्ने निर्णय भएको प्रजिअ भुसालको भनाई छ ।
मुक्तिनाथ मन्दिरमा बर्सेनि एकलाख भारतीय पर्यटक दर्शनका लागि आउने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । मुक्तिनाथ विकास समितिले मन्दिर परिसरमा ५ वटा भेटीदान बाँकस राखेको छ । सय भन्दा बढी नगद दान गर्ने भक्तजनका लागि मुक्तिनाथ विकास समितिले खटाएको कर्मचारीले रसिद काँटेर नगद भेटी संकलन गर्छन ।
मुक्तिनाथमा स्थानीय मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिले पनि बेग्लै भेटी चन्दा बाकस राखेको छ । मन्दिर भित्र चढाएका सुन चाँदी गरगहनाहरु त्यहाँ कार्यरत आनीहरुले व्यवस्थापन गर्ने गर्छन । भारतीय भक्तजन राठोले प्रशासनको समन्वयमा उक्त सामाग्री चढाएकाले समिति मातहतमै रहने गरी प्रहरीको जिम्मा लगाईएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता