पहिरोका कारण मुस्ताङको नरसिंह खोला थुनियो

 यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—३ स्थित नुन खानी खोंचमा दुईतर्फी पहिरो जाँदा नरसिंह खोला थुनिएको जनाईएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुस्ताङको नरसिंह खोला थुनिएर नुनखानी खोंचमा ताल परेको बताईएको छ ।

शनिबार रातिदेखि वारागुङ मुक्तिक्षेत्र—३ को नरसिंह खोला थुनिएर खोलाको पानी सुकेको स्थानीयले आईतबार बिहान जानकारी गराएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।‘खोलाको पानी पुरै थुनिएको छ, अलिअलि मात्रै पानी रसाएको देखिन्छ,’प्रजिअ भुसालले भन्नुभयो,’ आईतबार आज दिउँसो नेपाली सेनाको ड्रोन मार्फत थुनिएको स्थानमा खोजी ग¥यौं,नुन खानी नजिक दुईतर्फी पहिरो गएर खोलाको पानी ताल परेर बसेको पाईयो ।’

 नेपाल सेनाले खोला थुनिएर ताल परेको स्थानको तत्काल विश्लेषण गर्दा भोली सम्म ताल भरिदैंन र फुट्दैन भन्ने कुरा आएको प्रजिअ भुसालले उल्लेख गर्नुभयो । सेनाको ड्रोन मार्फत लिएको तस्विर हेर्दा खासै ठुलो ताल परेको जस्तो नदेखिएको जनाउँनुभयो । तर नरसिंह खोलाको पानी एकदमै थुरै रस्सिएको जस्तो देखिएको र तलको पानीका मुहानहरुको पानी हुनसक्ने प्रजिअ भुसालको अनुमान छ ।

नरसिंह खोलाको पानीको बाहक सुकेसंगै खोलातर्फको सडकबाट आउजाउ गर्ने बाटोमा सवारी साधन नचलाउन र मानिसहरुलाई ओहोर दोहोर नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले निर्देशन दिईएको छ ।

मुस्ताङको वारागुङ—३ स्थित प्राचिन नुन खानी तेताङ गाउँको उत्तर÷पूर्वमा पर्छ । तेताङबाट पैदल एक घण्टा यात्रामा पुग्ने सकिने नुनखानी दुई अग्ला अग्ला विशाल पहाडको खोंचमा अवस्थित छ । थुनिएको स्थानसम्म पुग्न नुन खानी खोंचबाट जाँदा तालको बाँध फुटेर दुर्घटना हुन सक्ने जोखिम र नुन खानी पहाड उक्लिएर झर्दा कुनै विकल्प नभएको प्रजिअ भुसालले बताउँनुभयो ।

‘नुन खानीमा थुनिएको खोलाको तालको बाँध फुटेर तल ‘छुसाङ बस्तीको तटीय बस्तीमा हुने जोखिम कम भएको रहेको हामीले विश्लेषण गरेका छां, भोली बिहान नुन खानी भएको स्थानमा पुगेर थुनिएको स्थानलाई निकास दिने विकल्पहरु खोज्छौं,’—प्रजिअ भुसालले भन्नुभयो ।’ 

सोमबार बिहान जिल्ला सुरक्षा टोली नरसिंह खोला थुनिएको स्थान नुन खानीमा पुगेर स्थलगत अवलोकन गरिने प्रजिअ भुसालले उल्लेख गर्नुभयो । नुन खानी भएको स्थान छुसाङबाट डेढ घण्टाको पैदल दुरीमा पर्छ ।


प्रतिक्रिया