पदमार्ग संरक्षणमा जुट्यो एक्याप



जोमसोम—राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजा(एक्याप) मुस्ताङले पर्यटकीय पदमार्गहरुको मर्मत तथा सुधारमा जोड दिएको छ । यातायात संञ्जालले ओझेलमा परेका बैकल्पिक पदमार्ग तथा प्रयोगविहिन अवस्थाका जीर्ण पदमार्गहरुको मर्मत तथा सुधारमा एक्यापले जोड दिएको हो ।


चालु आर्थिक वर्ष २०८०—०८१ को वार्षिक स्वीकृत कार्याक्रम अनुसार अन्नपूर्ण संरक्षेत्र क्षेत्र आयोजना (एक्याप)ले मुख्यगरी ३ वटा बैकल्पिक पदमार्गहरुको मर्मत  तथा सुधारमा प्राथमिकता दिएको हो । अन्नपूर्ण चर्किय पदमार्ग हुँदै मनाङबाट मुस्ताङ प्रवेश गर्ने थोरङ्लापासदेखि म्याग्दी र मुस्ताङको अन्तिम बिन्दु थासाङ गाउँपालिका—४ पैरोथाप्लासम्मको ३ वटा पदमार्गको मर्मत तथा सुधारमा एक्यापले उच्चप्राथमिकता दिएको छ ।


एक्याप मुस्ताङले थोरङ्लापास बैकल्पिक पदमार्ग,तिलिचो पदमार्ग र सौरु—सिर्खुम बैकल्पिक पदमार्ग मर्मत सुधार गर्दै गरेको बताईएको छ । यी बैकल्पिक पदमार्ग सडक तथा विभिन्न कारणले जीर्ण बन्दै गईरहेका थिए । एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले मर्मत तथा सुधार गरिएको पर्यटकीय बैकल्पिक पदमार्गको मर्मत सुधार गरी पर्यटकका लागि सहज बनाईएको जानकारी दिए । उनले चालु वर्षको विनियोजित बजेटले गत कार्तिकदेखि एक्यापले ३ पदमार्गको मर्मत सुधार गर्दै गरेको बताए ।


 एक्यापका अनुसार मनाङ हुँदै मुस्ताङ भित्रिने पर्यटकका लागि थोरङ्लापासदेखि मुक्तिनाथसम्म, घरपझोङ गाउँपालिका—५ ठिनीदेखि तिलिचो पदमार्गको मेसोकोन्दोपाससम्म  र थासाङ गाउँपालिका—२ को सौरुदेखि सिर्खुमसम्मको बैकल्पिक पदमार्गको मर्मत तथा सुधार भईरहेको कार्यालय प्रमुख रेग्मीको भनाई छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एक्याप मुस्ताङले पर्यटकीय पदमार्ग मर्मतसंगै पर्यटकीय पदमार्गहरुमा साईन पोष्टिङ गर्ने ,अन्नपूर्ण संरक्षण भित्र पर्यटकले अवान्छित गतिविधि हुन नदिन पर्यटकले गर्न हुँने र नहुँने कार्य र पर्यटकीय पदमार्ग हुँदै पुग्ने सकिने पर्यटकीय गन्तब्यहरुको जानकारीमूलक सूचनाबोर्डहरु टाँस्ने कामलाई अघि बढाएको कार्यालय प्रमुख रेग्मीले उल्लेख गरे । एक्यापले मुक्तिनाथदेखि वारागुङ मुक्तिक्षेत्र—१ लुप्रासम्मको बैकल्पिक पदमार्ग साईन पोष्टिङ गर्ने जानकारीमूलक सूचनाबोर्डको पूर्नलेखन गर्ने र आवश्यकता अनुसार स्थापना गर्ने काम भईरहेको बताए । बैकल्पिक पदमार्गमा यात्रा गर्दा पर्यटक अलमलमा नपरुन् भन्ने उद्देश्यले राखिएको साईन पोष्टिङल पदमार्गमा यात्रा गर्ने पर्यटकलाई निकै ठुलो सहयोग पुग्ने कार्यालय प्रमुख रेग्मीको विश्वास छ ।


यसैगरी मुस्ताङको ठिनी हुँदै तिलिचो जाने पदमार्गको मर्मत तथा सुधारको सर्वे र त्यहाँ साईन सर्वे भईसकेको र चाँडै त्यहाँ  पदमार्ग मर्मतसुधार तथा जानकारीमूलक सूचना बोर्डकोप पूर्नलेखन गरी पूनस्थापना गर्ने योजना रहेको बताए । एक्यापले अपुग भएका पर्यटकीय पदमार्गहरुका लागि साईन पोष्टिङ तथा ,जानकारीमूलक सूचना बोर्ड लेखनकार्य लगायतको सर्वे सम्पन्न गरेको बताएको छ ।


मुस्ताङमा पर्यटकी पदमार्ग स्तरोन्नति गर्ने क्रmममा छैरो—चिमाङ पदमार्ग,चिमाङ—छैरो पदमार्ग र सौरु—सिर्खुम पदमार्ग र टिटी,कुञ्जो,झिप्रा देउराली हुँदै पेरोथाप्ला पदमार्गहरुमा साईन पोष्टिङसहित पर्यटक लक्षित साईन पोष्टिङ र सूचना बोर्डहरु राख्ने कार्य सकिएको छ । यसैगरी बेनी—जोमसोम राष्ट्रिय राजमार्ग नजिकै पर्ने  लेते—कैकु पर्यटकीय बैकल्पिक पदमार्गको समेत सर्वे सम्पन्न गरेको छ ।

यसैगरी अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप) मुस्ताङले बैकल्पिक पदमार्गहरु परेका स्थानमा फोहोर व्यवस्थापन गर्ने कार्यममा समेत जोड दिएको छ । एक्यापले पर्यटकले यात्रा गर्ने पदमार्गहरुमा आवश्यकता निर्धारण गरेर फोहोर राख्ने डस्मिनको समेत व्यवस्था गरेको कार्यालय प्रमुख रेग्मीले जानकारी दिए ।

पछिल्लो समय सडक संञ्जालका कारण मुस्ताङका पर्यटकीय पदमार्गहरु ओझेलमा पर्दै गईरहेका छन् भने भएका पदमार्ग समेत पर्यटकले यात्रा गर्न छाडेपछि जीर्ण बन्दै गईरहेका छ । सडक यातायातका कारण मुस्ताङमा पर्यटक पदमार्गहरुको अस्तित्व समाप्त हुँन थालेकाले यसको मर्मत सुधार र संरक्षणको आवश्यकता परेको हो । हवाई मार्ग तथा सडक यातायातका कारण कतिपय पर्यटकले पर्यटकी पदमार्गमा हिड्न छाडिसकेका छन् भने बैकल्पिक पदमार्ग प्रयोग नगरी राजमार्ग सडक प्रयोग गरी हिड्ने पर्यटकले समेत सवारी साधनको धुवा र धुलो खान पर्ने आवश्यकता छ । राउण्ड अन्नपूर्ण हुँदै मुस्ताङ भित्रिने निकै कम पर्यटकले मात्र बैकल्पिक पदमार्ग प्रयोग गरेको पाईएको छ भने अधिकाँशले राजमार्ग सडक तथा सवारी साधनमा यात्रा गर्ने गरेका छन् ।

यसैगरी राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकका कारण मुस्ताङमा दर्जनौं बैकल्पिक पर्यटक पदमार्ग माँसिएका छन् भने पर्यटकका लागि सरोकारवाला निकायले नयाँ बैकल्पिक पदमार्ग पहिचानमा जोड दिन नसक्दा पदमार्गहरुको अस्तित्व संकटमा पर्न थालेको हो ।

 पर्यटकीय पदमार्गहरु सडक यातायातका कारण प्रयोगविहिन हुँदा लमजुङको बेसी सहरबाट मनाङ हुँदै मुस्ताङ भित्रिने पर्यटकको बसाई समेत छोट्टिन थालेको हो । राउण्ड अन्नपूर्ण चर्किए पदमार्ग हुँदै कुनै बेला यात्रा गर्ने पर्यटकले दुई साता सम्म समय बिताउँने गरेकोमा पछिल्लो समय ४÷५ दिनमै अन्नपूर्ण सर्किटको यात्रा छोट्टिन पुगेको हो । जसका कारण पर्यटकीय पदमार्गहरुमा संञ्चालित होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु धरासयी भएर विस्थापित भईसकेको पाईन्छ ।

पृथक भूगोल,मनोरम प्राकृतिक संम्पदाले भरिपूर्ण हिमाली जिल्लाहरुमा पदमार्ग संरक्षणका लागि अन्धाधुन्द विकासलाई नियन्त्रण गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छ । उनीहरुले सडक संञ्जाल अघि संञ्चालनमा रहेका पदमार्गको सुधार र नयाँ पदमार्गको खोजी गर्दै पर्यटक पदमार्गहरुको ब्यापक प्रचार÷प्रसार गर्नुपर्ने आवाज समेत उठेको छ ।


प्रतिक्रिया