मिलन युवाक्लव कागबेनी फुटबल प्रतियोगिताको च्याम्पियन बन्यो

मुस्ताङ,१०, भदौं ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीको मिलन युवाक्लव मुक्तिनाथमा आयोजित यार्तुङ पर्व २०८३ को फुटबल च्याम्पियन बनेको छ ।बुधबार सम्पन्न फाईनलमा मिलन युवाक्लवले निमा कन्ट्रक्सन फल्याकलाई (६—०) गोल अन्तरले सहज जीत निकाल्दै फुटबल प्रतियोगिताको च्याम्पियन बनेको हो ।

यसैगरी प्रतियोगितामा निमा कन्ट्रक्सन फल्याक उपविजेतामै सीमित बनेको छ । प्रतियोगिताको च्याम्पियन मिलन युवा क्लवले नगद पुरस्कार रु.एक लाख पाँच सय र उपविजेता निमा कन्ट्रक्सनले नगद पुरस्कार रु.साठी हजार पाँच सय सहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाउँने पक्का भएको छ ।प्रतियोगितामा मनाङसहित मुस्ताङका गरी कुल १६ वटा टिमले भाग लिएका थिए । 


प्रतिक्रिया