आर्थिक तथा भौतिक सहयोगका लागि मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघको अपिल

फाईल फोटो

जोमसोम— खेलकुद क्षेत्रकै अंग्रणी र एवं आधा शताब्दी पुरानो ईतिहाँस बोकेको गौरवमय संस्था मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आर्थिक तथा भौतिक सहयोगका लागि अपिल गरेको छ ।संघद्वारा साउन ३१ गते जारी प्रेस विज्ञप्तीमा यस्तो आह्वान गरेको हो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष बिनोद तुलाचन,उपाध्यक्ष कमला लालचन,कोषाध्यक्ष बिमला तुलाचन र सदस्य तेजेन्द्र गोचनद्वारा हस्ताक्षरित विज्ञप्तीमा मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकाससंघले आयोजना गर्ने कार्यक्रमका लागि आर्थिक सहयोग तथा विज्ञापन आह्वान गरिएको हो ।  असोज ५ गतेदेखि ७ गतेसम्म मुस्ताङको मार्फामा आयोजना हुने संघको ५१ औं संस्करणको मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजनाका लागि अर्थ संकलन सहयोग उपसमिति समेत गठन भईसकेको छ । कोषाध्यक्ष बिमला तुलाचनको संयोजकत्वमा ४ सदस्यीय अर्थ उपसमिति गठन गरिएको हो ।  जसमा बिनोद तुलाचन,कमला लालचन र तेजेन्द्र गौचन अर्थ संकलन उपसमिति सदस्यमा छन् ।

‘मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघलाई आर्थिक सहयोग गरौं,पवित्र कार्यबाट पुण्य कमाऔं’ मुलमन्त्रलाई आत्मसाथ गरी मुस्ताङको खेलकुद तथा सांस्कृतिक धरोहरको रुपमा रहेको थाक खेलकुद कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन आह्वान गर्दै संघले आर्थिक,भौतिक र नैतिक सहयोगका लागि सार्वजनिक अपिल गरेको अध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिए ।

संघले खेलकुद तथा सांस्कृतिक क्षेत्रको विकास र संरक्षणका लागि निरन्तर थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम संञ्चालन गर्दैआईरहेको गौरवमय संस्थालाई मुस्ताङको समन्नुत विकास र सामाजिक उत्तरदायित्व एवं देशका विभिन्न स्थानबाट आमन्त्रित अफिसियल खेलाडी साथै दैनिक हजारौ दर्शकहरुको उपस्थितीमा आफ्नो व्यक्तिगत तथा संस्थागत सहयोग तथा कम्पनीहरुको उत्पादन,व्यवसायिक प्रचार÷प्रसार गर्नका लागि ब्यानर प्रायोजन गरी सहयोग गर्न अनुरोध गरेको छ ।


मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले असोज ५,६ र ७ गते मार्फामा आयोजना हुने कार्यक्रमका लागि १६ लाख १८ हजार खर्च हुने पूर्वाअनुमान गरेको छ । जसअन्र्तगत समुद्घाटन कार्यक्रम तथा समापन कार्यक्रममा कुल ३ लाख ३ हजार,पुरस्कारतर्फ ७ लाख २५ हजार र अन्य खर्चमा ५ लाख ९० हजार खर्च हुने प्रक्षेपण गरेको हो ।

मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्रमा छरिएर रहेका युवाक्लवहरुलाई एकतावद्ध गर्दै २०२७ सालमा थाक खेलकुद तथा सांस्कृतिक विकास संघ स्थापना गरिएको थियो । २०६१ सालमा संस्थाको विधान शंशोधन गर्दा संस्थाको नाम केही परिमार्जन गरी मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघ राखिएको हो । जिल्लाको आन्तरिक खेलकुदको विकास तथा संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पू¥याउँदै आईरहेको गौरवमय संस्था थाकखेलकुदका माध्यमबाट खेलाडीको क्षमता विकास,नेतृत्व विकास र एक आपसमा युवाहरुको समुधुर सम्वन्धलाई प्रगाढ बनाउदै भातृत्व र भाईचारा अभिवृद्धि गर्न संस्थाले योगदान दिएको छ ।


प्रतिक्रिया