यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्ययोजना कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । बुधबार यहाँ आयोजित अनिवार्य तथा निःशुल्क शिक्षा ऐन,नियमावली, कार्यविधि निर्देशिका अनुसार यसप्रकारको कार्ययोजना तथा घोषणा सम्वन्धि अभिमुखिकरण गरिएको छ ।
सरकारले सबै बालबालिकाहरुलाई आधारभूत तह(१—८) सम्मको अनिवार्य तथा निःशुल्क शिक्षा लागु गरेपनि कार्यान्वयनमा आउन सकेको थिएन । सरकार शिक्षा नीति तथा कानुनी प्रावधानलाई आत्मसाथ गर्दे वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले यसप्रकारको कार्ययोजना ल्याउन लागेको हो ।
संघीय सरकारको अजिवार्य ताथ निःशुल्क शिक्षा ऐन २०७५ ,सोही सम्वन्धि नियमावल २०७७ र प्रदेश कार्यविधि २०८२ लाई तदारुकताका साथ कार्यान्वयनमा ल्याउने गरी यसप्रकारको पूर्वतयारी स्वरुप सरोकारवाला निकाय सम्वद्ध अभिमुखिकर गरिएको हो । वि.स. २०८३ साल असार मसान्तसम्म पालिका भित्र रहेका कोही पनि बिद्यालयको पहुँच बाहिर नरहोस भन्ने उद्देश्यले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनमा जोड दिईएको हो ।
अभिमुखिकरणमा गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङले सबै पालिका भित्रका बालबालिकालाई बिद्यालय शिक्षाबाट बञ्चित नहुने गरी ठोस कार्ययोजनासहित कार्यान्वयनको चरणमा लैजाने बताउँनुभयो । संविधान समेत शिक्षाबाट कोही पनि बालबालिका बिमुख हुन नपरोस भन्ने उद्देश्यले ऐन,कानुन र नियमावली बनेको उल्लेख गर्दे प्रवेश कार्यविधि निर्देशिका अनुसार गाउँपालिका अनिवार्य तथा निल्शुल्क शिक्षा कार्यान्वयमा लगेर घोषणा गरिने बताउँनुभयो । अध्यक्ष गुरुङले शिक्षा क्षेत्रसंगै अन्य विकास योजनाहरुलाई सन्तुलित रुपमा अघि बढाउनुपर्ने अवस्था रहेकाले बजेट व्यवस्थापनकार्य चुनौति हुने बताउँनुभयो ।
गाउँपालिका उपाध्यक्ष ढिकी गुरुङले सबै बालबालिकाहरुलाई शिक्षाको पहुँच स्थापित गर्न गाउँपालिका पूर्ण प्रतिवद्ध रहेको बताउँनुभयो । शिक्षा र स्वास्थ्य भन्दा ठुलो अन्य नहुने उल्लेख गर्दै उपाध्यक्ष गुरुङले बजेट व्यस्थापनको तालमेल मिलाएरै भएपनि बालबालिकाहरुलाई बिद्यालयको पहुँच बाहिर रहन नदिने उदेघोष गर्नुभयो ।
यसैगरी वारागुङ मुक्तिक्षेत्रका शिक्षा शखा प्रमुख रेखा पन्तले बिद्यालय बाहिर रहेका र जोखिममा परेका बालबालिकाहरुको पहिचान गर्न वडा तहसम्म पुगेर विस्तृत विवरण तथा सर्वेक्षण गरिने जानकारी दिनुभयो । तथ्यमा आधारित योजना निर्माण गर्दै सिकाईको गुणस्तर सुधारतर्फ जोड दिईने प्रमुख पन्तको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली