राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवं पूर्व श्रममन्त्री डोलप्रसाद अर्याल मुस्ताङ आउने भएका छन् । यहाँ स्थित जिल्ला स्तरीय भेलालाई सम्वोधन गर्न कार्यबाहक सभापति अर्याल प्रमुख अतिथिको रुपमा मंसिर ७ गते मुस्ताङ आउने कार्यतालिका रहेको रास्वपा जिल्ला संयोजक सुदेश गुरुङले जानकारी दिनुभयो ।
आसन्न २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि संगठन मजबुद पार्ने उद्देश्यले रास्वपाले मुस्ताङमा पहिलो पटक बृहत जिल्ला स्तरीय भेला आयोजना गर्न लागेको संयोजक गुरुङले बताउँनुभयो ।
यहाँको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित महिला समुहको सभा हलमा आयोजना हुने जिल्ला स्तरीय भेलामा सहभागी हुन कार्यवाहक सभापति अर्यालसहित केन्द्रिय र प्रदेश स्तरीय नेताहरु मुस्ताङ आउने कार्यतालिका रहेको रास्वपा जिल्ला संयोजक गुरुङको भनाई छ ।
रास्वपा मुस्ताङका अनुसार कार्यवाहक सभापतिसहित पूर्व मन्त्री शिशिर खनाल,केन्द्रिय सदस्य राजन गौतम,एलिजा गुरुङ, केन्द्रिय संगठन विभाग सचिव शंकर श्रेष्ठ लगायत प्रदेश स्तरीय नेताहरु मुस्ताङ आउने तयारी भईरहेको जनाईएको छ ।
यहाँ आयोजना हुने रास्वपाको जिल्ला स्तरीय भेलामा ब्यापक रुपमा जनसहभागी जुटाउन, पछिल्लो विकशित राजनीतिक घटना क्रम र २१ फागुनमा सम्पन्न हुने निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर मुस्ताङी जनतासंग रास्वपाले साक्षात्कार गर्ने कार्यक्रम रहेको जिल्ला संयोजक गुरुङले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता