जोमसोम—मुस्ताङको जोमसोममा तोरन्ल पर्वको अवसरमा शुभ—कामना आदान÷प्रदान गरिएको छ । थकाली सेवा समिति जोमसोम १७ नं. क्षेत्रले शुक्रबार जोमसोममा शुभ—कामना आदान÷प्रदान कार्यक्रम आयोजना गरेको हो ।
पर्वको अवसरमा आयोजित शुभ—कामना आदान÷प्रदान कार्यक्रमको गण्डकी प्रदेशका सभासद विकल शेरचनले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे । तोरन्ल पर्वको उद्घाटन गर्दै सभासद शेरचनले संस्कृति र परम्पराले मात्रै हरेक समुदायको पहिचानलाई जिवन्त तुल्याउन सकिने उल्लेख गरे । सभासद शेरचनले गण्डकी प्रदेश सरकारको पहलमा मुस्ताङको विकास समृद्धिमा नयाँ आयाम थपिएको दावी गरे। उनले कालिगण्डकी करिडोर सडक अन्तर्गत मुस्ताङमा गतीहिन अवस्थामा रहेका कामहरुले तिब्रता पाएको बताए । जोमसोमको अधुरो खेलमैदान,कालिगण्डकी नदी नियन्त्रणका लागि तटबन्ध,कृषि , पर्यटन,शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढीकरण र विकासमा आफुले निरन्तर पहल गरेको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका सभापती चन्द्रबहादुर थकाली ,जनहित विद्यालयका प्रअ रामचन्द्र अधिकारी,वडाध्यक्ष यामप्रसाद थकाली ,थकाली सेवा समिति जोमसोम क्षेत्रकी अध्यक्ष मिमकुमारी शेरचन र पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकाली लगायतले शुभ—कामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा थकाली तोरन्ल सम्वन्धि थकाली गित प्रस्तुत गरिएको थियो । आजै जोमसोम गाउँ समाजको आयोजनामा जोमसोममा तोरन्ल पर्वको तारा खेल्ने धसा स्थापना गरिएको छ । धसालाई धार्मिक विधि अनुसार पुजा गरेपछि १५ दिनसम्म पुरुषले तारा खेल्नेछन् भने महिलाले कौडा खेलेर रमाईलो गर्नेछन् ।
पर्वमा पूर्णिमाको अघि र पछि ३ दिनसम्म पितृ पुजा गर्ने प्रचलन छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता