जोमसोम ।
लगातार पैतिस वर्ष ५ महिनासम्म निरन्तर एउँटै विद्यालयमा पढाउँने एक शिक्षकलाई मुस्ताङको घरपझोङ गाउँपालिकाले नगद दश हजार पुरस्कारसहित सम्मान गरेको छ । मुस्ताङको जनहित माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापकको रुपमा कार्यरत शिक्षक माधवजी भण्डालीलाई मंगलबार १६ औैं गाउँसभा अधिवेशनका क्रममा नगदसहित सम्मान गरेको हो ।
जनहित माध्यमिक विद्यालयमा पैतिस वर्ष बिताएका सहायक प्रधानाध्यापक भण्डारी माध्यमिक तह द्धितीय श्रेणीका स्थायी शिक्षक पदमा कार्यरत थिए । उहाँ माध्यामिक तहमा गणित विषय अध्यापन गराउने शिक्षक थिए । गाउँपालिकाको एउँटै स्कुलमा निकै लामो अवधिसम्म रहेर शैक्षिक अध्यापन पेशामा समर्पित शिक्षक भण्डारीले घरपझोङ गाउँपालिकाले उच्चसम्मानसहित पुरस्कृत गरेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउँनुभयो । सामुदायिक विद्यालयको रुपमा रहेको जनहित माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालयलाई नमूना विद्यालयको रुपमा परिचित गराउन महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै शिक्षक भण्डारीलाई गाउँपालिकाले स—सम्मान पुरस्कारसहित बिदाई गरेको गाउँपालिका अध्यक्ष लालचनले उल्लेख गर्नुभयो ।
सम्मानित शिक्षक भण्डारीले आफुले पु¥याएको शैक्षिक सेवाको मूल्यांकनलाई कदर गर्दै गाउँपालिकाले गरेको सम्मानले आफुले गरेको पेशााप्रति गर्व महशुस भएको बताउँनुभयो । मुस्ताङको विकट भूगोल र एक कठिन समयमा यसस्थानमा शैक्षिक जिम्मेवारी लिएर आएको र आफुले प्राप्त गरेको जिम्मेवारीलाई ईमान्दारिताका साथ पुरा गरेको उल्लेख गर्नुभयो ।‘ यहाँ शिक्षक बनेर आउँदा न यातायात थियो,नत विजुली र नत सञ्चारको पहुँच थियो,’ शिक्षक भण्डारीले भने,‘ अहिले बिदाई हुँने क्रममा छु, यस अवधिमा मुस्ताङले सबैथोकमा फड्को मारेको छ ।’’ शिक्षक भण्डारीले मुस्ताङको समृद्धि र विकास नियाल्दा सपना जस्तै लागेको अनुभूती सुनाउनुभयो ।
शिक्षक भण्डारी आगामी आर्थिक वर्षको साउन ९ गते अनिवार्य अवकाश हुँदै सेवा निवृत्त हुने तयारीमा हुनुहुन्छ ।
शिक्षक भण्डारीलाई घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन,उपाध्यक्ष जमुना थापामगर र प्रमुख प्रशासकीय अधिकृत बेदहरी अघिकारी लगायतले दोसल्ला ओढाएर नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली