मुुस्ताङ,२६,बैशाख ।
यहाँको (नेपाल—चिन) उत्तरी कोरलानाका क्षेत्रमा शुक्रबार खानेपानी बोरिङ योजनाको शिलान्यास गरिएको छ ।लोमान्थाङ गाउँपालिकाको चालु अर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कोरलानाकाको दशगजा क्षेत्र नजिकै खानेपानीको व्यवस्था मिलाउन बोरिङ खानेपानी योजना कार्यान्वयनमा ल्याएको हो ।
कोरलानाकाको नेपालतर्फ खानेपानीको व्यवस्था नहुँदा कोरलानाकामा त्रिपाल टाँगेर ब्यापार व्यवसाय चलाएका स्थानीय ब्यापारी,कोरलानाका अवलोकनमा गएका पर्यटक तथा कोरलानाकाबाट आयाता÷निर्यात गर्ने ब्यापारी तथा चालकहरुलाई निकै ठुलो समस्या पर्दैआईरहेको थियो। स्थानीय ब्यापारी,पर्यटक र कोरलानाकाबाट आयात÷निर्यात गर्ने ब्यापारीहरुलाई खानेपानीको समस्या समाधान गर्न लोमान्थाङ गाउँपालिकाले यसप्रकारको अग्रसरता देखाएको हो ।
कोरला खानेपानी बोरिङ योजनाको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष गुरुङले बोरिङ खानेपानी योजनाले नाकामा ब्यापार व्यवसाय गर्ने,कोरलानाकाको अवलोकन गर्न आउने पर्यटक र कोरलानाकाबाट आयात तथा निर्यात गर्ने ब्यापारीहरु लाभान्वित हुने बताउँनुभयो ।
विगतका वर्षमा पनि कोरलानाकामा बोरिङ मार्फत खानेपानी व्यवस्था गर्ने प्रयास सफल हुन नसकेपनि यसपटक खानेपानीको योजनाले मूर्त रुपमा पाएको अध्यक्ष गुरुङले बताउँनुभयो । खानेपानीको व्यवस्थापन गर्ने गरी गाउँपालिकाले कोरलानाकामा शौचालय निर्माण गरिरहेको बताउँनुभयो ।
कोरलानाकामा बोरिङबाट खानेपानीको व्यवस्था मिलाउन लोमान्थाङ गाउँपालिकाले एशियन कन्ट्रक्सन एण्ड ड्रिलिङ दोलखासंग भ्याटसहित ३० लाख लागतमा सम्झौता गरी योजनाको काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटर्न लम्सालले जानकारी दिनुभयो । कन्ट्रक्सनले कोरलनाकामा बोरिङबाट खानेपानी निकाल्न उपकरणसहित कार्यक्षेत्रमा परिचालन भईसकेको प्रमुख प्रशासकीय अधिकृत लम्सालको भनाई छ ।
यसअघि नेपाल—चीन कोरलानाका क्षेत्रमा खानेपानीको व्यवस्था नहुँदा त्यहाका ब्यापारी तथा पर्यटकहरुलाई निकै ठुलो समस्या पर्ने गरेको थियो । नाकामा खानेपानी नहुँदा त्यहाका ब्यापारी तथा पर्यटकहरुले खानेपानी तथा शौचालयन नभएको गुुनासो गर्ने गरेका थिए ।
कोरलानाका स्थित २४ नं. सिमास्तम्भको दशगजा क्षेत्रमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका भित्रका करिव ८० भन्दा त्रिपाल ब्यवसायीले चिनिया समान बिक्री गर्न बसेका छन् । कोरलानाका खुलेको दुई वर्ष बढी बितिसक्दा समेत नाकामा खानेपानी र शौचालयको व्यवस्था हुन सकेको थिएन ।
कोरलानाकाका त्रिपाल ब्यापारीहरुले कोरलानाका देखि यता उत्तर लोमान्थाङ—२ नेचुङबाट खानेपानी ढुवानी गर्ने गरेका थिए । खानेपानीको योजना अघि बढेसंगै कोरलानाकाका ब्यापारीहरु खुसी भएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता