मुस्ताङमा मतदाता शिक्षा कार्यक्रम प्रारम्भ

आगामी फागुन २१ गते हुने घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा बुधबार मतदाता शिक्षा विशेष कार्यक्रम २०८२ सुरु गरिएको छ । यहाँस्थित जिल्ला निर्वाचन कार्यालय मुस्ताङको आयोजनामा मतदाता शिक्षालाई प्रभावकारि एवं विश्वसनीय तुल्याउन मतदाशिक्षा विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

घोषित प्रतिनिधिसभा निर्वाचनमा सकेसम्म बदरमतको संख्या घटाउने,मतदातालाई सही तरिकाले मतदान गर्ने विधि सिकाउने,निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा नागरिक कर्तव्यबारे जानकारी गराउने आयोगको निर्णय अनुसार देशका ७७ वटै जिल्लाहरुमा मतदातशिक्षा विशेष कार्यक्रम संञ्चालनमा आएको छ । यसैक्रममा मुस्ताङमा पनि यहाँका पाँच स्थानीय तहहरुले सिफारिस गरी पठाएको आधिकारिक कर्मचारीलाई जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा अनुमगनकर्ता सम्वन्धि तालिम प्रशिक्षण दिईएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

 निर्वाचन मतदाता शिक्षालाई प्रभावकारी बनाउन यहाँको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका समान एकएक जना प्रतिनिधिलाई मतदाता शिक्षा अनुमगनकर्ता सम्वन्धि एकदिने तालिम प्रदान गरिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीको भनाई छ । यसरी मतदाता शिक्षामा खटिने अनुमगनकर्ताहरु सम्वन्धित स्थानीय तहको निर्वाचन स्रोत व्यक्तिको समेत जिम्मेवारी भूमिकामा रहने निर्वाचन अधिकारी ज्ञवालीको भनाई छ । यहाँका पाँच पालिकाका पाँच जना कर्मचारीहरुलाई निर्वाचन मतदाता शिक्षा अनुगमन तालिम दिइएको उहाँको भनाई छ ।


 मुस्ताङको जोमसोम स्थित जिल्ला निर्वाचन कार्यालय मुस्ताङको कार्यालयमा आयोजित निर्वाचन मतदाता शिक्षा अनुमगन तालिम प्रशिक्षणको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले मतदाता शिक्षा सम्वन्धि सहजीकरण गर्नुभएको थियो । घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निश्पक्ष,भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकार र निर्वाचन आयोगले सुम्पिएको कार्यभार जिम्मेवारीपूर्वक पुरा गर्नुपर्नेमा जोड दिईएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा अनुमगनकर्ता तथा निर्वाचन स्रोत व्यक्तिलाई प्रशिक्षित तुल्याएर सम्वन्धित स्थानीय तहमा खटाईने कार्यतालिका रहेको छ । खटिएका अनुमगनकर्ताहरुले सम्वन्धि स्थानीय तहका वडावडामा परिचालित हुने मतदाता शिक्षा स्वंमसेवकहरुलाई मतदाता शिक्षा सम्वन्धि प्रशिक्षण गराउने छन् । यसरी अनुमगनकर्ताबाट तालिम प्राप्त स्वंमसेवकहरुले वडावडामा मतदाताको घरदैलोमा पुगेर मतदाता शिक्षा दिने कार्ययोजना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 यसरी खटिएका मतदाता शिक्षा स्वंमसेवकहरुको कार्यसम्पादन तथा प्रभावकारीता सम्वन्धि पाँच वटै स्थानीय तहका मतदाता शिक्षा अनुमगनकर्ताहरुले निरन्तर अनुमगन गर्ने जनाईएको छ । निर्वाचन आयोगले तोकेको कार्यअवधि माघ ३ गतेखिे माघ १७ गतेसम्म यहाँका २५ वटै वडाहरुमा मतदाता शिक्षा कार्यक्रम लागु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा कुल एघार हजार ३२८ जना मतदाता कायम भएको छ । यहाँका पाँच स्थानीय तहमा ३९ वटा मतदान केन्द्र तथा मतदान स्थल तय गरिएको छ । मुस्ताङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले, नेपाली काँग्रेस,नेपाली कम्युनिष्ट पार्टी, रास्वपा,राप्रपा, उज्यालो नेपाल, मंगोल नेशनल अर्गानाईजेसन र आम जनता पार्टी गरी आठ राजनीतिक दलको उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा रहेका छन् । 


प्रतिक्रिया