मुस्ताङमा बिदाई हुन लागेका निर्वाचन प्रहरी किन रिसाए?

फागुन २१ गतेको निर्वाचनमा खटिएका निर्वाचन प्रहरीको सेवा सुविधा पुरै नदिएको भन्दै मुस्ताङमा खटिएका निर्वाचन प्रहरीले असन्तुष्टि जाहेर गरेका छन् । निवाचन प्रहरीमा भर्ना हुँदा निर्वाचन प्रहरीको सेवा सुविधा  जानकारी गराईएको भएपनि निर्वाचन सकिएर बिदाई हुने बेलामा निर्वाचन प्रहरीले पाउँने सेवा सुविधा र तलब पुरै भुक्तानी नपाएको यहाँका निर्वाचन प्रहरीको गुनासो छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान दिएका मुस्ताङसहित विभिन्न जिल्लाबाट आएका निर्वाचन प्रहरीहरुले राज्यले दिने भनीएको सेवा सुविधा कटौती गरिएको आरोप लगाएका छन् । निर्वाचन प्रहरीले पाउँने सेवा सुविधा नदिएको भन्दै यहाँ खटिएका निर्वाचनप्रहरीहरुले जिल्ला प्रहरी कार्यालय मुस्ताङप्रति असन्तुष्टि जनाएका हुन् । सोही बिषयमा यहाँ खटिएका निर्वाचन प्रहरीहरुले जिल्ला प्रहरी कार्यालयप्रति रोश प्रकट गरेका हुन् ।

निर्वाचन प्रहरीमा खटिएकी रोल्पाकी गितामगरले निर्वाचन प्रहरी भर्ना हुँन आउँदा सुरुमा ५४ हजार पाउँने भनीएकोमा ४८ हजार मात्रै प्राप्त गरेको बताउँनुभयो । बुढामगरले निर्वाचन प्रहरीलाई खाजा ,खाना र यातायात खर्चमा समेत चर्को मुल्यको दररेट राखेर निर्वाचन प्रहरीहरुलाई मर्कामा पार्ने काम भएको बताउँनुभयो ।

निर्वाचन प्रहरीको योगदान दिएकी अर्का निर्वाचन प्रहरी मुस्ताङका अस्मिता बिकले निर्वाचन प्रहरीलाई सेवा सुविधा कटौती गरिएको प्रति असन्तुष्टी जनाउनुभयो । निर्वाचन प्रहरीलाई ५४ हजार पारिश्रमिक दिने भनिएको भएपनि आफुलाई ४८ हजार मात्रै पाएको बताउँनुभयो ।‘मरीमरी दुख गरियो, राष्ट्रलाई सघाईयो, उहाँले भन्नुभयो, तर, हामीले गरेको योगदानको कदर भएन, पारिश्रमिक र सेवासुविधामा कटौती गरियो ।

यसैगरी कालिकोटकी निर्वाचन प्रहरी कमला बिष्टले पनि निर्वाचन प्रहरीको तलब र सेवा सुविधा पुरै पाउँन नसकेको बताउँनुभयो । प्रहरीबाट निर्वाचन प्रहरीलाई भन्ने बेला एकथरी पैसा दिने बेलामा अर्कोथरी व्यवहार भएको प्रति असन्तुष्टि जनाउँनुभयो ।

 यता जिल्ला प्रहरी कार्यालय मुस्ताङले निर्वाचनमा खटिएका निर्वाचन प्रहरीलाई राज्यबाट उपलब्ध सबै सेवा सुविधा समान रुपमा वितरण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी छिरिङ किप्पा लामाले निर्वाचन प्रहरीलाई मौखिक सेवा सुविधा बारे जानकारी गराउने बेला प्राविधिक त्रुटी भएको बताउँनुभयो । सरकारले उपलब्ध गराएको निर्वाचन प्रहरीको तलब भत्ता पारदर्शी ढंगले बितरण गरिएको बताउँनुभयो ।


प्रतिक्रिया